<

 

ताइपेइ, १० भदौं ।

ताइवान सिमा नजिकको टापुमा चीनले दर्जनौं लडाकु विमान र युद्धपोत पठाएको जनाएको छ।

अमेरिकाले ताइवानलाई ५० करोड डलरको हतियार बिक्री गर्न स्वीकृत गरेको केही दिनमा नै चीनले लडाकु बिमान र युद्दतोप पठाएको हो ।

 

ताइवानको रक्षा मन्त्रालयले शनिबार उक्त टापुमा पछिल्लो २४ घण्टाको अवधिमा ३२ वटा पीएलए विमान र नौ नौसेनाका जहाजहरु देखिएका बताएको छ ।

ताइवानको सेनाका अनुसार जस मध्ये २० विमानहरू ताइवान स्ट्रेटको केन्द्र रेखा पार गरेर ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका थिए ।

 

र ताइवानले पनि जवाफमा आफ्ना विमानहरू, जहाजहरू र मिसाइलहरू तैनाथ गरेको उसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0