<

 

नयाँदिल्ली, ९ भदौं ।

तमिलनाडुको मदुरै रेलवे स्टेशनमा लखनउ–रामेश्वरम पर्यटकीय रेलको एक निजी डब्बामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ ।

 

रेलवे अधिकारीका अनुसार कोचमा केही व्यक्तिले अवैध रूपमा ग्याँस सिलिण्डर बोकेर हिँडिरहेका थिए । यसअघि ग्यास सिलिन्डर विस्फोट हुँदा कोचभित्र केही व्यक्ति चिया बनाउँदै गरेको थाहा भएको थियो । घटनास्थलमा दमकल पुगेर आगो निभाउने काम सुरु गरिएको छ ।

 

अनुसन्धानपछि मात्रै ठोस कुरा भन्नु उचित हुने अधिकारीको भनाइ छ ।

 

घटना हुँदा ट्रेन मदुरै जंक्शनमा रोकिएको थियो। अधिकारीहरुका अनुसार केही यात्रुहरु अवैध रुपमा ग्याँस सिलिन्डर लिएर कोचमा प्रवेश गरेका थिए ।

 

यस दुर्घटनाको भिडियो पनि सार्वजनिक भएको छ, जसमा कोचमा आगो बलिरहेको र त्यसबाट आवाज पनि आइरहेको देख्न सकिन्छ । शनिबार बिहान ५ः१५ बजे निजी बसमा आगलागी भएको जानकारी प्राप्त भएको अधिकारीहरुले बताएका छन् ।

 

घटनास्थलमा आगो नियन्त्रणको प्रयास भए पनि ७ः१५ बजे आगो निभाउन सफल भएको थियो ।

 

आगलागीबाट अन्य कुनै पनि कोचमा क्षति पुगेको छैन । आगलागी भएको कोच नागरकोइल जंक्शनमा जोडिएको थियो । आगो निभाएपछि कोचलाई मदुरैकै स्टेबलिङ लाइनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0