<

 

 ओम प्रकाश यादव, रौतहट,भदौ ८ गते ।

रौतहटको माधवनारायण नगरपालिका–९ गढोको वडा कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेका छन् । वडा सचिव प्रमोद यादव विगत केहिदिन देखी वडा कार्यालयमा नआएको भन्दै स्थानीयहरुले आन्दोलित भएका छन् । वडा सचिव यादव दुईसाता देखी वडा कार्यालयमा आउँनै छाडेकोले आफुहरुको विभिन्न कामकाज प्रभावित भएको भन्दै आक्रोशित स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रेका छन् ।

वडा सचिव यादवले आफनो ठाउँमा कसैलाई पनि कार्यवाहक वडा सचिवको जिम्मेवारी नै नदिई गैरजिम्मेवारीपूर्ण तरिकाले वडा कार्यालयबाट एकाएक गायव हुँदा आफुहरु विभिन्न कामकाज प्रभावित भएकोले वडा सचिव यादवविरुद्ध आन्दोलनमा उत्रेको स्थानीय सुनिल सहनीले बताएका छन् ।

स्थानीयहरु विहीवार देखी आन्दोलन थालेका हुन् । वडा अध्यक्ष यादव कार्यालयमा नआएसम्म आफुहरुको आन्दोलन जारी नै रहने सहनीले बताए । स्थानीयहरुले वडा कार्यालयमा ताला लगाएपछि वडा कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवाहरु पूर्णरुपमा बन्द भएको छ जसका कारण दैनिक कामकाज प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0