<

 

 मञ्जय राम,रौतहट,भदौ ०८ गते ।

रौतहटको गढिमाइ स्थित रहेको बागमती खोलामा पहिचान नखुलेको एक जना महिलाको शव फेला परेको छ । गढिमाइ नगरपालिका वडा नम्बर १ स्थित समनपुर पुल नजिक बागमती खोला किनारमा करिब ५०÷५५ वर्षको महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओमप्रकाश खनालले जानकारी गराउनु भयो ।

शवको पहिचान नभएकोले आफन्तलाई सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । आज शुक्रवार साँझ बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ । घटना स्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम गरिरहेको खनाले बताए । घटनाको सम्बन्धमा थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1