<

 

काठमाडौं, ८ भदौ ।

राप्रपा नेपालले राजसंस्था पुनर्स्थापनाको एजेन्डामा फर्किएको छ । बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमका वक्ताहरुले पार्टीले अब राजसंस्था पुनर्स्थापनाको एजेण्डालाई जोडदार अगाडि बढाउने बताइरहेका छन् ।

करिब डेढ वर्षअघि कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था पुनर्स्थापनको एजेन्डा छाडेको घोषणा गरेको थियो । तर, दुई दिन चलेकाो पार्टीको केन्द्रीय समिति बैठकले भने नेपालाई हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने र राजसंस्था पुनर्स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

 

बैठकमा अध्यक्ष कमल थापाले कार्यपत्र प्रस्तुत गर्दै ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ राप्रपा नेपालको मुलभूत विचार हुने उल्लेख गरेका छन् । राप्रपा नेपालले गणतन्त्र र धर्मनिरपेक्षता खारेजी र हिन्दु राष्ट्र कायम, राजसंस्था पुनर्स्थापनाका लागि बलियो राष्ट्रिय मोर्चा बनाएर सडक आन्दोलनमा जाने भएको छ ।

घोषणा सभा चलिरहेको छ । विभिन्न वक्ताले बोलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0