<

 

झापा, ८ भदाै ।

जिल्ला अदालत झापाको विभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा दमक नगरपालिका-३ बस्ने ५९ वर्षीय ताराबिर महत भन्ने टेकबहादुर महत, कमल गाउँपालिका-४ सरस्वती टोल बस्ने ४१ वर्षीय सानु भन्ने मोहनकुमार चेम्जोङ, गौरादह नगरपालिका-२ हाँसखोरा बस्ने २६ वर्षीय मन्दिस भन्ने रोहितबहादुर अधिकारी र गौरादह नगरपालिका-२ डिठ्ठा चोक बस्ने २७ वर्षीय विवेक राजवंशी रहेका छन् ।

 

उनीहरूमध्ये टेकबहादुरलाई बालयौन दुरूपयोग मुद्दामा ५ महिना कैद, १० हजार रूपैयाँ जरिवाना, २५ हजार रूपैयाँ पीडितलाई क्षतिपुर्ति भराई दिनुपर्ने तथा २ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने, मोहनकुमारलाई लागूऔषध मुद्दामा ६ महिना कैद तथा २ हजार रूपैयाँ जरिवाना र रोहितबहादुर तथा विवेक राजवंशीलाई लागूऔषध मुद्दामा ६/६ महिना कैद, ५/५ हजार रूपैयाँ जरिवाना तथा २/२ सय रूपैयाँ  पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय ठहर भएको थियो ।

 

उनीहरुलाई फैसला कार्यान्वयनको निमित्त जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0