<

 

मस्को, ७ भदौं ।

रुस–युक्रेन युद्धको बीचमा भ्लादिमिर पुटिनलाई चुनौती दिने वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको बताइएको छ।

 

समाचार अनुुसार मस्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै गरेको विमान टभर क्षेत्रको कुजेनकिनो गाउँ नजिकै दुर्घटनाग्रस्त भएको थियो, जसमा प्रिगोजिनसहित १० जना सवार थिए। यी सबैको मृत्यु भएको दाबी गरिएको छ । तर, करिब आधा बाटो हिडेर दुर्घटनाग्रस्त भएको विमानमा के भयो भन्ने अझै खुल्न सकेको छैन ।

 

प्रिगोजिन चढेको प्राइभेट जेट एम्ब्रेर लिगेसी ६०० एग्जिक्युटिभ जेट भएको बताइएको छ । उडान ट्र्याकिङ डाटा वेबसाइट फाइट राडर २४ अनुसार उक्त विमानले ३० मिनेटको उडानमा कुनै समस्या देखाएन र सामान्य रूपमा सञ्चालन गरिरहेको थियो।

तर, दिउँसो ३.१९ बजे विमान एक्कासी तल खस्न थाल्यो । २८ हजार फिटको उचाइमा उडेको विमान मात्र ३० सेकेण्डमै ८ हजार फिट तल खसेको थियो ।  इयान पेचेनिकका अनुसार ती ३० सेकेन्डमा जे भयो, त्यो धेरै छिटो भयो । तर, दुर्घटना हुनुअघि विमानमा कुनै गडबडी भएको देखिँदैन ।

 

विमान निर्माता कम्पनीले लामो समयदेखि सेवा उपलब्ध गराएको छैन । विमान बनाउने ब्राजिलको कम्पनी एम्ब्रायर एसएले एक विज्ञप्ति जारी गर्दै १३ सिटको विमानलाई कुनै पनि सेवा दिन बन्द गरेको र रुसविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धको पालना गरिरहेको बताएको छ ।

 

फलाइट राइडर २४ ले यस विमानको दर्ता नम्बर आर ए ०२७९५ रहेको फेला पारेको छ। रिपोर्टहरूका अनुसार प्रिगोजिनले पुटिन विरुद्ध विद्रोह सुरु गर्दा यो लक्जरी जेटमा बेलारुस लगिएको थियो।

 

फ्लाइट ट्र्याकिङ डाटाका अनुसार दुर्घटना हुनुअघि विमानको अन्तिम सटीक स्थान बिहान ३.११ मा प्राप्त भएको थियो। तर, सिग्नल जाम वा नेटवर्कमा केही हस्तक्षेपका कारण धेरै डाटा प्राप्त हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0