<

 

काठमाडौं, ६ भदौ ।

नेपाली कांग्रेसले धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ।

 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस त्रिशूलीमा खस्दा आठ यात्रुको मृत्यु भएकोमा पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेको जानकारी दिएका छन्।

 

कांग्रेसले मृतकप्रति श्रद्वाञ्जली अर्पण गर्दै बेपत्ताको खोजी एवम् घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेको छ। दुर्घटनामा आठ जनाले ज्यान गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0