<

 

काठमाडौ, ६ भदौ ।

ओरियन्टल इन्स्याेरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड १ लाख रुपैयाँ नाफा कमाएको छ ।

खुद नाफा अघिल्लो वर्षको भन्दा ३७.५९ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यस इन्स्याेरेन्सले २९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसको बिमा कोषको आकार पनि १ अर्ब १५ करोड रुपैयाँबाट बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको खुद बिमा शुल्क आर्जन पनि ७.५४ प्रतिशतले बढ्न पुगेको छ ।

 

अघिल्लो वर्ष ९० करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीको यो त्रैमासमा बढेर ९७ करोड ४९ लाख रुपैयाँमा झरेको छ । यता, कम्पनीको खुद दाबी भुक्तानी पनि ५७ करोड ६२ लाख रुपैयाँबाट बढेर ५८ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । हाल ओरियन्टलको जगेडा कोषमा ५१ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0