<

चन्द्रपुर,भदौ ०५ गते ।

रौतहटका समाजसेवी तथा युवा व्यवसायी जनकराज भारतीले आफु आवद्ध विभिन्न संघ संस्थाबाट राजिनामा दिएका छन् । भारतीले एक विज्ञप्ति जारी गर्दै विगतमा आफ्नो पृष्ठभूमी व्यापारी,व्यवसायी रहेको र पछिल्लो समयमा आफ्नो व्यवसायी संचालनमा नरहेकोले व्यवसायीको रुपमा आफ्नो पहिचान देखिएकोले आजकै मितिदेखि लागु हुने गरि चन्द्रपुर नगर उद्योग बाणिज्य संघको महासचिव पदबाट राजिनामा दिएको घोषणा गर्दछु, विज्ञप्तिमा भनिएको छ । उहाले व्यवसायीको हकहितका लागि आफु सक्रिय रुपमा लागेको र व्यवसायीकै सहयोगमा आफु महासचिव समेत हुन सफल भएको बताउनुहुदै आफु महासचिव हुदा नगर उद्योग बाणिज्य संघको लागि सक्दो सहयोग गरेको र संघको भवन निर्माणको आफुले दिलोज्यान दिएर भवन निर्माण सम्पन्न गर्नका लागि सहयोग जुटाउने काममा कुनै कसर बाकी नराखेको बताउनुभयो । उहाले आजैका मितिदेखि रौतहटको चन्द्रनिगाहपुरमा संचालनमा रहेको गुन्जन सूचना तथा सहकारी लिमिटेडको सचिव पदबाट समेत राजिनामा दिनुभएको छ । उहाले विज्ञप्ति प्रकाशित गरि आफ्नो व्यक्तिगत समस्या देखाउदै राजिनामा दिएको बताउनुभएको छ । यसबारे जनकराज भारतीसंग कुरा गर्दा आफु पछिल्लो समयमा व्यवसायमा सक्रिय रुपमा सहभागी नरहेका कारण व्यवसायीमाझ आफुलाई खल्लो महसुस गरेकोले आफुले राजिनामा दिएको बताउनुभयो । अवका दिनमा आफु सक्रिय रुपमा व्यवसायमै लाग्ने समेत बताउनुभयो । आप्mनो पहिचान व्यवसायी भएकोले अव व्यवस्थित र राम्रो लगानीमा बजारमा नया स्वरुपमा प्रस्तुत हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0