<

आरके श्रीवास्तव,रौतहट,भदौ ०५ गते ।
रौतहटको फतुुवा विजयपुर नगरपालिकामा यस वर्ष देख कक्षा ११ को पढाइ हुने भएको छ । सो नगरपालिकाको वडा नम्बर २ शितलपुर स्थित रहेको श्री माध्यमिक बिधालय शितलपुरमा कक्षा ११ सञ्चालन हुने भएको छ । स्थानिय सरकार बाट अनुमती लिइ कक्षा ११ मा शिक्षा र वाणिज्यमा पढाइ हुने भएको प्रधानाध्यापक बुनिलाल प्रसाद यादवले जानकारी गराउनु भयो ।
वि.स.२०१७ सालमा स्थापना भएको सो बिधालयमा कक्षा ११ को पढाइ हुने भएपछि स्थानियहरु हर्षित् भएका छन् । आर्थिक अवस्था कमजोर भएका परिवारमा बालबालिकाहरुलाइ एसइई पछि गाउँमा अध्ययन गराउन सहज हुने भएको छ । उच्च शिक्षा हासिल गर्न अन्य ठाउँमा जानु पर्ने बाध्यता थियो । अब उपरान्त त्यो बाध्यताको अन्त्य हुुने भएको छ ।
उच्च शिक्षाका लागि सहरकै भर पर्नु पर्ने बाध्यता थियो । गाउँमा क्याम्पस नहुँदा विद्यार्थीहरु पढाइ छाडने गरेका थिए । त्यस बिधालयमा प्रधानाध्यापकको रुपमा बुनिलाल यादव आएदेखि मुहार नै बदलिन थालेको छ । गत वर्षको एसइइमा त्यहाँ पढेका बिधार्थीले जिल्ला टप गरेका थिए । पढाइ गुणस्तरीयता बढेको छ ।
अहिले कक्षा ११ को लागि धमाधम नयाँ भर्ना भइरहेको प्रअ यादवले जानकारी गराए । गाउँमै उच्च शिक्षा हासिल गर्ने मौका आएको कोही पनि नछुटुन भन्ने आफनो चाहना रहेको उनको भनाइ छ ।
बिधालय रहेको सो वडाका वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयले पनि शिक्षा क्षेत्रलाइ विशेष प्राथमिकतामा राखेर नै काम गरि रहेका छन् । आफनो वडाको बिधालयहरुमा कसरी राम्रो सँग पढाइ हुन्छ । र बिधालयको प्रगती कसरी हुन्छ भन्ने ृनको पनि चाहना रह्दै आएको छ । उनले पनि कक्षा +२ सञ्चालका लागि पहल गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0