<

 

काठमाडौं, ५ भदौं ।

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सरकार तयार भए पछि आज त्यसको कार्यादेश र संरचना टुंगो लगाईदैछ ।

 

हिजो बसेको प्रमुख राजनीतिक दलको शिर्ष नेताहरुको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमत भएका थिए ।

 

सो सहमति लगत्तै नेकपा एमालेका सुबासचन्द्र नेम्बाङ, नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डे सम्मिलित कार्यदलले छानबिन समितिको कार्यादेश र संरचनाको ड्राफ्ट बनाउने जिम्मेवारी पाएका छन् । उक्त कार्यादलले बनाएको ड्राफ्टलाई प्रमुख दलमा छलफल गरी मन्त्रीपरिषदवाट अनुमोदन गराउने योजनामा पनि दलहरु बिच सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । जसका लागि आज बिहान ११ बजे कार्यदलको बैठक बस्नेछ ।

 

उच्च अदालतका न्यायाधीश प्रमुख रहने गरी जाँचबुझ आयोग ऐन २०२६ बमोजिम उक्त आयोग गठन हुने छ ।

 

सो छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्षी दल एमालले अडान कायम राखेर संसद अबरुद्ध गर्दै आएको थियो । गत साउन १० देखी अबरुद्ध संसद छानबिन समिति गठन गर्न सरकार सहमत भएसँगै आजवाट सुचारु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0