<

प्रेमचन्द्र झा,भदौ ०३ गते
रौतहट । महान्यायाधिवक्ताको कार्यालय काठमाण्डौका महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलले मुदाको अनुसन्धान अभियोजन र न्याय निरुपण गर्दा कर्मकाण्डको रुपमा नलिन अनुरोघ गरेका छन। सरकारी वकिलको कार्यालय रौतहटको नवनिर्मित कार्यालय भवनको उदघाटन गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै महान्यायाधिवक्ता पोखरेलले सहि ठाउमा न्याय परेको छ कि छैन पटक पटक हेर्न सरकारी वकिलहरुलाई सुझाव दिएका छन । प्रक्रिया पूरा भयो भने उदेश्यले कहिल्य पनि मुद्दालाई नहेर्न महान्यायाधिवक्ता पोखरेलले सचेत समेत गराए । विभिन्न मुद्दामा दसिको रुपमा पक्राउ परेका वा जपथ गर्ने अभियानको रुपमा रहेका गाडी ,माल समानहरुलाई सम्बन्धित व्यक्तिको अनुहार मात्र हेरेर होईन , राष्ट्रिय अर्थतन्त्रलाई ध्यानमा राखेर न्याय निरुपण गर्न सुझाव दिएका हुन ।
महान्यायाधिवक्ता पोखरेलले भने करोडौको गाडी जफत गर्ने प्रकृयामा सडाई रहेको हुन्छौं , दुई वर्ष पछाडी उसको कुनै पार्ट पुर्जा काम लाग्दैन । तस्कर , अपराधीको सम्पत्ति नष्ट भयो भनी हामी मख्ख हुन्छौं तर त्यहीँ गाडी उसैले किन्न जादा नेपाली रुपैयाँ कतिको बाहिरिएको हुन्छ त्यसमा हामीले कहिल्यै विचार गरेका छौ उनको प्रश्न थियो ।
नवनिर्मित भवनको उदघाटनसंगै अवसर र चुनौती थपिएको बताउदै महान्यायाधिवक्ता डा।पोखरेलले साधन स्रोतको उपलब्धता र कार्य सम्पादनको गुणस्तरीयता मापन गर्ने प्रकृया यसले संग सगै ल्याएको बताए।क्षमतावान र निश्पक्ष भई न्याय निरुपनको काम गर्नु नै ठुलो चुनौतिको विषय भएको बताउदै महान्यायाधिवक्ता डा।पोखरेलले साईबर अपराध र चेक अनादरको मुद्वा जिल्ला अदालतले हेर्ने सरकारले निर्णय गरि सकेपछि पनि चुनौति थपिएको बताए ।

महान्यायाधिवक्ताको कार्यालय काठमाडौका सह महान्यायाधिवक्ता सुर्य राज दाहालको अध्यक्षतामा भएको सो उदघाटन समारोहमा उच्च सरकारी वकिलको कार्यालय बिरगंजकासह न्यायधिवक्ता राम कुमार थापा ,रौतहट जिल्ला अदालतका न्यायाधीश मातृका प्रसाद मरासिनी ,प्रमुख जिल्ला अधिकारीधर्मेन्द्र कुमार मिश्र ,नेपाल वार एसोसिएसन अध्यक्ष नन्दकिशोर साह र जिल्ला सरकारी वकिलकार्यालयका प्रमुख बद्री बहादुर कार्किले शुभकामना मन्तव्य राखेका थिए ।

रु ३ करोड ३३ लाखको लागतमा सिएम चन्डी मुन्ना जेवि काठमाडौले ठेक्का सकार गरि एक सय १४ दिन पहिले नै तीन तल्ले भवनको निर्माणकार्य पूरा गरेका छन । समय अगावै कार्य सम्पन्न गरे वापत निर्माण कम्पनीका प्रतिनिधि प्रमोद यादवलाई प्रमुख अतिथि महान्यायाधिवक्ता पोखरेलले दोसल्ला ओढाई सम्मान गरका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0