<

 

 गरूडा,भदौ ०१ गते ।

गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडा स्थित रहेको श्री बंशीराम जयसवाल अनाथालयलाई खेलकुद समाग्री हस्तान्तरण गरिएकाे छ । सोहि नगरपालिकाको वार्ड नं.६ अमरपट्टी निवासि युवा नेता रबिन्द्र प्रसाद यादवले आफ्नो निजि लगानीमा करिब १५ हजार बाराबरको खेलकुद समाग्री अनाथालयलाई एक कार्यक्रम बिच हस्तान्तरण गर्नु भएको हो ।

युवा नेता यादवले आफ्नो लगानीमा ३ थान क्यारमबोर्ड ,पिंङ्ग ,फुटबल ,भलिबल ,ब्याट ,बल ,ब्याडमिन्टन,चेस लगायतकाे र खेलकुद समाग्रीहरु हस्तान्तरण गरेको बताउनु भयो । पढाई लेखाईको साथसाथै खेलकुद पनि जिवनमा अति नै आवश्यक रहेको बताउदैं यादबले भने खेलले पनि मानिसको शरिरलाई गतिलो,फ्रुतिलो ,दिमागलाई चलायामान बनाउने उदेश्यले अनाथालयका अनाथ बालबालिकालाई हस्तान्तरण गरेको बताउनु भयो ।

उनले यति मात्र नभएर समाज वहाँले १ सय भन्दा बढि बालबालिकालाई फ्रि टिउसन पढाउने ,किसानलाई औषधी छर्न टंकी ,छाता ,कम्बल जस्ता अनेकौं समाग्री बितरण गदै आईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0