<

 

 रमेश कुमार यादव,रौतहट, ०१ गते भदौ ।

देशको छैठौं राष्ट्रिय भाषाको रुपमा रहेको बज्जिका भाषामा रौतहट जिल्लाको कटहरिया बाट नियमित रुपमा प्रकाशित हुँदै आएको विश्व बज्जिकाको एक मात्र दैनिक पत्रिका बज्जिकाञ्चल दैनिक पत्रिकाले आज आफनो बार्षिकोत्सव मनाएको छ । बज्जिकाञ्चल दैनिक पत्रिकाले तेस्रो वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन गरेको छ ।

पत्रीका प्रकाशक राजु कुमार श्रीवास्तवको अध्यक्षतामा कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित रहेको विवाह मण्डप भवनमा आयोजना गरिएको पत्रीका तेस्रो वार्षिक उत्सव कार्यक्रम धुमधामको साथ सम्पन भएको छ । सो कार्यक्रमको प्रमुख अतिथीको रुपमा कटहरिया नगरपालिकाको नगर उपप्रमुख रिता देबि यादव रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथीको रुपमा देवाहिगोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानु रहनु भएको थियो ।

कार्यक्रममा साहित्यकार रेणु गुप्ताले स्वागत मन्तब्य राख्नु भएको थियो । भने कार्यक्रम सञ्चालन पत्रकिाका प्रकाशक श्रीवास्तवले गर्नु भएको थियो । स्वागत मन्तव्य राख्नु गुप्ताले बाज्जिका भाषा हाम्रो मातृभाषा रहेको कारण यसलाई बचाउन आवश्यक रहेको बताउनु भएको थियो । त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै बाज्जिका साहित्कार किशुनदयाल प्रसाद यादवले भने, हाम्रो रौतहटबाट नै प्रकाशित हुने बाज्जिका भाषाको दैनिक पत्रिका एक मात्र रहेको पत्रिका हो । त्यस कारण यस भाषा र पत्रिकालाई संरक्षण गर्न हामी सबैजनाको सहयोग अति नै आवश्यक रहेको छ ।

उनले भने कि यो भाषा हाम्रो मातृभाषा समेत रहेकोले यसलाई विलय हुन नदिन एकजुट भई ब्यवहारमा उतार्न पनि सबैलाई आग्रह समेत गर्नु भएको थियो । अरु कुरा त परै जाओस, तर हामि आफ्नो आमाबाट पहिलो पल्ट सिक्ने भाषा रहेको बाज्जिका भाषा नै रहेको हो । त्यसैले हरेक मानिस हरेक तहतप्काबाट आ–आफ्नो तवरबाट सहयोग आवश्यक रहेको पनि बताउनु भयो । यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बाज्जिका भाषका संरक्षक, विज्ञ,साहित्यकार एवम् शिक्षक संजय साह मित्रले दोस्रो बर्ष पार गरि तेस्रो बर्षमा प्रबेश गरेकोमा बाज्जिकाञ्चल दैनिक पत्रिकालाई बधाइ तथा शुभकामना दिदै भने कटहरियाबाट बाज्जिका भाषामा प्रकाशित हुने रौतहटको एक मात्र पत्रिका रहेको छ ।

जुन हामी आफ्नो आमाको कोखबाट नै सिक्ने भाषा बाज्जिका नै रहेको छ र यो भाषामा प्रकाशित हुने पत्रिका सबै खाले ब्यतिmले बुझने गरि पढने पत्रिका रहेको हुँदा यसलाई अझै प्रोत्साहन गर्नेमा जोड दिएका थिए । साथै उनले भने कि मधेश प्रदेशमा बोल्ने अन्य भाषाहरु मध्येबाट भोजपुरी भाषा भन्दा अगाडी बज्जिका भाषा रहेको पनि जिकिर गर्नु भएको थियो । मधेश प्रदेशको तेस्रो भाषाको रुपमा रहेको बजिजका भाषा २०७८ सालको जनगणनामा हाम्रो मधेश प्रदेशमा बाज्जिका बोल्ने भाषाको संख्या ११ लाख भन्दा बढी रहेको समेत दावी गर्नु भएको थियो ।

त्यसमा पनि रौतहट सबभन्दा अगाडी र सर्लाहि दोस्रो स्थानमा रहेको समेत बताउनु भएको थियो । शिक्षक साहको अनुसार मधेश प्रदेशको अधिकाशं जिल्लामा हाम्रो बाज्जिाका भाषा बोल्ने गरेको समेत जानकारी दिनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह कानुले पत्रिकाको उतरोतर प्रगतीको लागि शुभकामना व्यक्त गर्नु भएको थियो । साथै पत्रिकाको विकासको लागि चौतर्फी रुपमा सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो । आउँदो दिनमा हाम्रो बाज्जिका भाषा अरु भाषा भन्दा अगाडी रहने दावी समेत गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि कटहरिया नगरपालिकाको नगर उपप्रमुख रिता देवी यादवले यो बाज्जिका भाषामा हाम्रै नगरपालिकाबाट प्रकाशित हुने पत्रिकालाई संरक्षण गर्न सबैजनालाई हातेमालो गर्न आवश्यक रहेको बताउनु भएको थियो । साथै हाम्रो मातृभाषामा पनि प्रकाशित भईरहेको र यो पत्रिका बालबालिका,बृद्धबृद्धा कर्मचारीहरुले पनि आफ्नो भाषामा रहेको पत्रिका प्रष्टसंग बुझने भएकोले यसलाई गत बर्ष झै यस बर्षमा पनि सहयोग गर्न अति आवश्यक रहेको बताउनु भयो ।

यो पत्रिकालाई आफुबाट हुने सम्पुर्ण सहयोग लगायत पालिकाबाट हुने सहयोग समेत गर्ने आश्वासन समेत दिनु भएको थियो । कार्यक्रममा पत्रिकाको विकासका लागि अमूल्य सहयोग गर्नु हुने अतिथीहरु लगायतका व्यत्तीहरु पनि पत्रिकाको तर्फ बाट प्रशंसापत्र प्रदान गरिएको थियो । लाइ सो कार्यक्रममा कटहरिया वडा नम्बर ३ का पूर्व वार्ड अध्यक्ष उमेश यादव,वर्तमान वडा अध्यक्ष श्यामाकान्त यादव,इप्रका कटहरियाका प्रतिनिधी,मौलापुर एफएमका समाचारबाचक सागर ठाकुर ,पत्रकार दिपेन्द्र रजक ,रामप्रबेश बैठाले आफ्नो मन्तब्य समेत राख्नु भएका थिए भने मधेश जनअवाज एफएमका समाचार बाचक एवम् रिपोर्टर रमेश कुमार यादब ,हनुमत यादब ,नागरिक समाज ,बुद्धजिवि ,भद्रभलादमी मानिसहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

        

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0