<

 

 साउन ३२ गते, रौतहट ।

रौतहटको कृष्ण माध्यमिक विद्यालय बाल्चनपुरमा पहिलो पटक माध्यमिक तह कक्षा ११ को पढाई संचालन हुने भएको छ । चन्द्रपुर नगरपालिका–१० बाल्चनपुर स्थित रहेको कृष्ण माध्यमिक विद्यालयले कक्षा ११ को पढाई संचालनका लागि अुनमती प्राप्त गरेपछि यसै शैक्षिक शत्रदेखि पढाई संचालन हुने भएको छ ।

बिहीवार विद्यालयको प्रांगनमा आयोजित एक कार्यक्रमका बीच चन्द्रपुर नगरपालिकाकी उपमेयर जयमाला देवी चौधरीले कक्षा ११ को उद्घाटन गरेकी छन् । उपमेयर चौधरीले उद्घाटन गरेसंगै यसै शैक्षिक शत्रदेखि कृष्ण मावि बाल्चनपुरमा कक्षा ११ को पढाई सञ्चालन हुने भएको छ । २०४९ सालमा माध्यमिक तह कक्षा ९–१० संचालन गरेको उक्त विद्यालयलाई नगरपालिकाले कक्षा ११ को पढाई संचालन गर्न अनुमती प्रदान गरेको छ ।

माध्यमिक तहसम्मको विद्यालय संचालन तथा अनुमती स्थानिय सरकारको क्षेत्राधिकारभित्र पर्ने हुदाँ चन्द्रपुर नगरपालिकाको कार्यालयले उक्त कृष्ण माविलाई कक्षा ११ को पढाई संचालन गर्न अनुमती प्रदान गरेको हो । चालु शैक्षिक शत्रबाट कक्षा ११ को पढाई संचालन हुने भएपछि त्यस क्षेत्रका अभिभावक, विद्यार्थी खुसी भएका छन् । यसअघि नजिकमा कक्षा ११, १२ को पढाई हुने विद्यालय नहुँदा त्याका विद्यार्थीहरुलाई कक्षा ११, १२ पढ्न चन्द्रनिगाहपुर लगाएतका ठाउँमा जानुपर्ने बाध्याता थियो ।

तर अब बाल्चनपुरमै कक्षा ११ को पढाई हुने भएपछि चन्द्रनिगाहपुर धाउनुपर्ने विद्यार्थीहरुको बाध्यता अन्त्य भएको शिक्षक उपेन्द्र मिश्राले बताएका छन् । कृष्ण माध्यमिक विद्यालय बाल्चनपुर एसईई परिक्षामा तिन पटक विद्यार्थीहरुलाई सबैभन्दा बढी अंक दिलाई जिल्लामै उत्कृष्ट भएको विद्यालय हो । कृष्ण माध्यमिक विद्यालय बाल्चनपुरले २०७२, २०७३ र २०७८ सालमा एसईईमा सबैभन्दा बढी अंक प्राप्त गरी विद्यार्थीहरुलाई उतिर्ण गराएर जिल्लामै प्रथम स्थान हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0