<

 

मञ्जय राम,कटहरिया,साउन २८ गते ।

जिल्लामा नेपाल शिक्षक महासंघले आन्दोलनको कार्यक्रम सुरु गरेको छ । विद्यालय शिक्षा ऐन २०८० ले शिक्षकको पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको भन्दै आन्दोलन थालेको हो । आइतबार जिल्लाका सबै स्थानीय तहमा शिक्षकहरुले धर्ना दिएका छन् ।

भने पालिकाको कार्यालय प्रमुख प्रशासकिय अधिकृतलाइ ज्ञापनपत्र समेत बुझाएका थिए । कार्यक्रम अनुसार ११ बजेदेखि २ बजेसम्म पालिकामा धर्ना दिइएको र त्यसपछि महासंघले रौतहटका स्थानीय तहका प्रमुख प्रशासकीयलाई ज्ञापनपत्र समेत बुझाइएको नेपाल शिक्षक महासंघका राष्ट्रिय समिति सदस्य मनिशंकर निधीले जानकारी गराउनुु भयो ।

उनका अनुसार अहिले ल्याउन थालिएको विद्यालय शिक्षा ऐन २०८० राम्रो आउला भनेको झन नराम्रो आएकोले हितविपरितका त्यस्ता बुँदा तत्काल हटाउनुपर्ने बताए ।

महासंघले साउन ३० गते शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना बस्ने साथै साउन ३२ गते प्रदेशको सामाजिक बिकास मन्त्रालयमा धर्ना दिने कार्यक्रम रहेको उनले जानकारी दिए । भदौ १ गते प्रदेश सांसद र संघीय सांसदलाई जानकारी गराउने कार्यक्रम महासंघले बनाएको छ ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0