<

 

आरके श्रीवास्तव,रौतहट,साउन २८ गते ।

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहट द्धारा रक्तदान कार्यक्रम आयोजन गरिएको थियो । आइतबार बिहान जिल्ला सदरमूूकाम गौर स्थित जिल्ला प्रहरी कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

आज भएको रक्तदान कार्यक्रममा २४ जना पुरुष तथा २ जना महिला गरी करिब २६ जनाले रक्तदान गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी गराउनु भयो ।

रक्तदान गर्नेहरुमा जनपद प्रहरी, ट्राफिक प्रहरी, गौर नगरपालिका र इशनाथ नगरपालिकाका नगरप्रहरी लगायत अन्य व्यक्तिहरुले रक्तदान गरेको उनले जानकारी गराएका हुन ।

सो रक्तदान कार्याक्रममा आरडिसि नेपाल रौतहट, नेपाल रेडक्रस सोसाइटी रौतहट र न्यू उज्यालो युवा क्लब रौतहटको सहयोग रहेको थियो । सो रक्तदान कार्यक्रममा रौतहट प्रहरी प्रमुख बीरबहादुर बुढामगर,प्रहरी निरिक्षक दिनेश बहादुर कुवँर , आरडिसि नेपाल रौतहटका अध्यक्ष पारस हुसैन,नेता राजकिशोर यादव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0