<

 

रूपेश यादव,फतुवा बिजयपुर, बैशाख ५ गते

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा पौष्टिक अहार पैकेट वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित गर्भवती महिलाहरुलाई पौष्टिक अहार पैकेट वितरण गरिएको छ । मधेश प्रदेश सरकारको सहयोगमा उपलब्ध भएका समानहरू नपाको वडा नम्बर ४ का वडा अध्यक्ष सतिश यादव गौरव को अध्यक्षतामा बुधवार एक कार्यक्रमको बीच लगभग १५० जना गर्भवती महिलाहरूलाई चार किसिमको पौष्टिक अहार पैकेट वितरण गरिएको छ । आमा स्वस्थ भयो भने बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ भयो भने हाम्रो भविष्य स्वस्थ हुन्छ त्यस पछी हाम्रो समाज स्वस्थ र मजबूत हुन्छ भन्ने मुल उदेश्यलका साथ मधेश प्रदेश सरकार बाट प्राप्त पौष्टिक अहार गर्भवती महिलाहरुलाई वितरण गरिएको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष सतिश यादव गौरवले बताएका छन् । गर्भवती महिलाहरूले अरुबेलाको तुलनामा गर्भ रहेको वेलामा पोषिलो खानेकुराहरू बढी खानुपर्छ भन्नेजानकारी गराउनका लागि पौष्टिक आहार वितरण गरिएको वडा अध्यक्ष यादवले बताउनुभयो । त्यस्तै उहाँले मधेश प्रदेश सरकारले गर्भवती महिलाको लागि पौष्टिक खानेकुरा उपलब्ध गराईदिएकोमा धन्यवाद समेत ज्ञापन गरेको छ । उक्त पौष्टिक खानेकुरा वितरण कार्यक्रममा वडा न ४ का वडा सचिव राजेश प्रसाद कुर्मी , टेंग्राहा स्वास्थ्य चौकिको ईन्चार्ज राजिन्नद दास , स्वास्थ्यकर्मी दिलिप पटेल , अजय यादव , स्वास्थ्य चौकिको कार्यालय सहयोगि तेजनरायण यादव र स्थानियहरूको उपस्थित रहेको थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0