<

 

आरके श्रीवास्तव,गरुडा,वैशाख ०६ गते

रौतहटको फतुवा बिजयपुर नगरपालिकाले नयाँ शैक्षिक सत्र २०७९÷०८० को लागि विद्यालय तहमा पाठ्यपुस्तक वितरण सुरु गरेको छ । सो नगरपालिकाको वडा नम्बर २ स्थित श्री दलित प्राथमिक बिधालय शितलपुरमा नयाँ शैक्षिक सत्र गत वैशाख २ गतेबाट सुरु भएको छ ।

बुधवारका दिन एक कार्यक्रमका बिच सो स्कुल को प्राङ्गणमा पाठ्यपुस्तक बितरण गरिएको छ । एक कार्यक्रमका बिच सो वडाका वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयले वितरण गर्नु भएको हो ।

यस पटक नया भर्ना सँग सँगै विद्यार्थीहरूको हातमा पनि पुस्तक पु¥याउने लक्ष्य रहेको प्रअ वडा अध्यक्ष यादवले बताए । सो बितरण कार्यक्रममा बिधालयका प्रधानध्यापक श्री नारायण साह ,गाउँका भद्रभलादमी , शिक्षक शिक्षिका,अभिभावकहरूको पनि उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0