<

आरके श्रीवास्तव,रौतहट,साउन २७ गते ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ । आफनो २४ औं स्थापना दिवसको उपलक्ष्यमा आज खाद्यान्न सहयोग गरिएको छ । मध्य रौतहटको गरूडामा रहेको बंशीराम जयसवाल अनाथालयमा मनाएको हो ।

महासंघले आफनो वार्षिकीको उपलक्ष्यमा अनाथालयलाई सहयोग स्वरूप चामल, दाल, आलु, चिउरा आदि खाद्य सामाग्री अनाथालयका अध्यक्ष कृष्णकुमार सिंहलाई हस्तान्तरण गरेको हो ।

कार्याक्रमका प्रमुख अतिथि गुजरा नगरपालिका रौतहटका नगर प्रमुख सन्तलाल चौधरी र विशिष्ट अतिथि गरुडा नगरपालिकाकाकी उपप्रमुख पुनम देवी चौधरीले एक कार्यक्रमका बिच सो खाद्यान्न सामाग्रीहरू हस्तान्तरण गर्नु भयो ।

सो कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका दुस्यान्त चौधरीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन बृजमान तामाङ्गले गर्नु भएको थियो । साथै सो अवसरमा फोनिज मधेस प्रदेशको बसेको बैठकबाट रौतहट शाखाको गठन पनि गरिएको छ ।
विवेक कुमार चौधरीको अध्यक्षतामा ७ सदसिय नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा यूभास श्रेष्ठ(विजेन्द्र),सचिवमा दिपक श्रेष्ठ,सह सचिवमा विनोद चौधरी,कोषाध्यक्षमा आशिष चौधरी रहेका छन् ।
यस्तै सदस्यहरुमा अकाश चौधरी,मन्जु मान्धर रहेका छन् । यता सल्लाहकारहरुमा ओमकिशोर चौधरी,गौतम श्रेष्ठ र जियालाल चौधरी रह्नु भएको छ ।


सो कार्यक्रममा फोनिजमा आबद्ध जिल्ला,जिल्लान्तरका दर्जनौं सञ्चारकर्मीहरूको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0