<

 

पाँचथर, २७ साउन ।

पाँचथरको फिदिम नगरपालिका ११ अम्बके भीरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा फिदिम नगरपालिका-१ का ६५ वर्षीया मायादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको हो।

 

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाका अनुसार स्कुटरका चालक उनका श्रीमान् होमकर्ण कार्की गम्भीर घाइते छन्।

 

हेमकर्णले चलाएको प्रदेश ०१–०३–००१ प ५२७१ नम्बरको स्कुटरमा नाङ्गिनदेखि फिदिम आउने क्रममा फिदिम ११ अम्बके भीरमा अनियन्त्रित भएर दुर्घटना भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0