<

रौतहट,साउन २६ गते ।

समाचार लेखेको भन्दै पत्रकारलाई धम्की दिने विरुद्ध महासंघ रौतहटले चेतावनी दिएको छ । नेपाल पत्रकार महासंघ रौतहटले समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की नदिन चेतावनी दिएको छ । जनता टेलिभिजन रौतहट समाचारदाता प्रेम यादवलाई प्रदेशिक अस्पताल गौर व्यावस्थापन समितिका अध्यक्ष अहमद अनवर हासिले समाचारको बिषयलाई लिएर धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ रौतहटले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल पत्रकार महासघ रौतहटका सचिव धनन्जय ठाकुर उर्फ मदनले समाचारको बिषयमा चित्त नबुझे नियमनकारी निकाय प्रेस काउन्सिल ,सम्मानित अदालतमा जानुको साटो पत्रकार लाई फोनमा धम्की दिने कार्य निन्दनीय भएको र पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न समेत सुरक्षा निकायसंग आग्रह गरेकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0