<

रौतहट,साउन २६ गते ।
रौतहटको सबभन्दा ठुलो व्यापारिक केन्द्रको रुपमा रहेको गरुडा नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चएनका लागि आउँदो भदौ १५ गते निर्वाचन हुने भएको छ ।
संघको विधानअनुसार तिन तिन वर्षमा संघको निर्वाचन गर्नुपर्ने प्रावधान छ तर विभिन्न कारणले विगत पाँच वर्षदेखी हुन नसकेको नगर उद्योग वाणिज्य संघ गरुडाको निर्वाचन भदौ १५ गते हुन लागेको छ ।
संघको निर्वाचनको मिति तोकिएपछि अहिले अध्यक्ष सहित विभिन्न पदमा चुनाव लड्न चाहने इच्छुक व्यक्तिहरुले धमाधम आ–आफना उम्मेदवारी घोष्णा गर्न थालेका छन् ।
अध्यक्ष पदका आकांक्षीहरुले आ–आफना उम्मेदवारी घोष्णा गर्दै अहिले देखी नै आफना पक्षमा माहौल बनाउन अर्थात आफना पक्षमा मतदातालाई पार्न व्यस्त भएका छन् ।
सन्तोष कोल्ड स्टोर्स गरुडाका सञ्चालक समेत रहेका गरुडाका व्यापारी सन्तोष कुमार चौधरीले गरुडा नगर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा चुनाव लड्ने घोष्णा गरेका छन् ।
अध्यक्ष पदमा चुनाव लड्ने घोष्णा गरेका चौधरी ग्यास बिक्रेता महासंघ मधेश प्रदेशका उपाध्यक्ष, रौतहट ग्यास बिक्रेता संघका महासचिव एवं नगर उधोग वाणिज्य संघ गरुडाका सदस्य समेत रहेका छन् ।
सम्पूर्ण उद्योगी, व्यापारीको साथ, सहयोग र समर्थनमा आफु अध्यक्ष पदमा चुनाव लड्न लागेको चौधरीले बताएका छन् ।
गरुडा नगर क्षेत्र भित्रका अधिकांश उद्योगी एंव व्यापारीहरुले यस पटक अध्यक्ष पदमा आफुलाई नै सार्न खोजेकोले सम्पुर्ण व्यवसायीहरुको इच्छा, चाहना, आपार साथ, सहयोग, समर्थन, सुझाव र सल्लाहको आधारमा आफु चुनाव लड्न लागेकोले आफनो जित कसैले रोक्न नसक्ने चौधरीले दावी गरे ।
आफु चुनाव जितेपछि सर्वप्रथम संघको हाल रहेको एकतल्ले भवनलाई दुई तल्ले बनाउने, मुख्य सडकबाट संघको कार्यालयसम्म जाने करिव २ सय मिटर कच्ची सडकलाई पक्की बनाउने, हालसम्म केन्द्र र प्रदेशको उद्योग वाणिज्य महासंघमा दर्ता नरहेको नगर उद्योग वाणिज्य संघ गरुडालाई केन्द्र र प्रदेशमा दर्ता गराउने आफनो प्रमुख एजेण्डा एवं चाहना रहेको चौधरीले बताए ।
त्यस्तै गरुडाबाट घरेलु तथा साना उद्योग कार्यालय गौर २२ किलोमिटर टाढा रहेकोले उद्योग सम्बन्धी कामका लागि व्यवसायीहरु लाई समस्या हुँदै आएको अवस्थालाई मध्य नजर गर्दै व्यवसायीहरुको सहजताका लागि घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्र गरुडामै स्थापना गराउन पहलकदमी लिने र करदाता सेवा कार्यालय समेत गरुडाबाट धेरै टाढा चन्द्रनिगाहपुरमा रहेकोले त्याँहा गएर काम गराउन व्यापारीहरु अनावश्यक दुख भोग्दै आएको हुँदा उनिहरुको सहजताका लागि करदाता सेवा कार्यालयको काउण्टर गरुडामै खोल्नका लागि सक्दो प्रयास गर्ने उनले बताए ।
व्यापारीहरुको सबैखाले सुख दुखमा आफु साथ दिन तयार रहेको बताउँदै चौधरीले अध्यक्ष पदमा आफुलाई सघाउन सबै उद्योगी, व्यापारीहरुलाई आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0