<
आरके श्रीवास्तव,रौतहट,साउन २४ गते ।
रौतहटको बौधीमाइ नगरपालिकामा प्रजनन स्वास्थ्य तथा परिवार नियोजन सेवा बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सो नगरपालिकाको सरमुजवा स्थित स्वास्थ्य चौकीमा किशोर किशोरीहरुलाई लागि अभिमुखिकरण आयोजन गरिएको थियो । बौधीमाइ नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम आयोजन गरेको थियो । कार्यक्रम नगर प्रमुख प्रदिप यादवको प्रमुख आतिथ्यतामा भएको थियो ।
युवा किशोररकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले यौन स्वास्थ्य र शिक्षासम्बन्धी कार्यक्रम भएको हो । स्वास्थ्य संस्था प्रमुख रामाशंकर दासको अध्यक्षतामा भएको कार्याक्रममा नगर प्रमुख यादवको प्रमुख आतिथ्यता थियो भने नगर उपप्रमुख प्रमिला देवी जैसवालको विशिष्ट अतिथि रहनु भएको थियो । सो अवसरमा अतिथीहरु योजना प्रमुख उमेश झा ,स्वास्थ्य संयोजक तार्केश्वर प्रसाद पटेल ,स्वास्थ्य सह संयोजक राकेश प्रसाद यादव ,महिला स्वास्थ्य स्वयंम सेविकाहरु,सरमुजवा स्वास्थ्य चौकीका सम्पुर्ण स्वास्थ्यकर्मीहरुको उपस्थित रहेको थियो । सि.अ.हे.ब. कौस्तुभमणी साहले सञ्चालन गरेको कार्यक्रममा विशेष पहल र स्वास्थय शाखाको विशेष सहयोगमा कार्यक्रम सन्चालन तथा सम्पन्न भएको बुभिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0