<

 

रौतहट,साउन २४ गते ।

रौतहट । बाढी पिडितलाई राजेश कुमार गिरीको सहयोगमा र सृजनात्मक सामाज काल्याण केन्द्र नेपालको आयोजनामा रौतहटको विभिन्न भागमा बाढी पिडित परिवारलाई राहत सहयोग गरेका हुन ।

अरिवल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा गएको बाढीले जनसमुदायमा घरवारको क्षति भएको खबर सुन्न साथ सामाज सेवी गिरी र विवेक शर्माले उक्त राहत जिल्ला प्रशासन कार्यालयको अनुमतिमा राहत वितरण गरेका हुन् । बाढीबाट प्रभावित राजदेवी नगरपालिका वार्ड नम्बर २ हजमिनिया टोलका सुकुमबासी विपन्न प्रमोद ठाकुर र धमेन्द्र महतो, मौलापुर नगरपालिका मर्यादपुर बिनवाटोलका राजकिशोर मुखिया विनको घर बाढीले पुर्णरुपमा भत्केको खबर प्रप्त भए अनुसार राहत दिन गिरी र शर्माको टोली त्यहाँ पुगी राहत उपलव्ध गराएका हुन् ।

वहाँहरु सहयोग स्वरुप यो कार्यको सुरुवात गरेका हुन भने बाढिबाट पिडित परिवारहरुलाई सम्पर्क गर्न अनुरोध गरेका हुन र साथै यस्तो आपतको घडीमा सहयोग गर्न चाहने सहयोगी मन भएका दाताहरुलाई पनि यस महा अभियान संलग्न भई सहयोग गर्न वहाँहरुले अपिल गरेका हुन । भारी पानीको कारण रौतहटको राजदेवी, गौर, राजपुर, ईशनाथ लगायतका नगरपालिकाहरुमा बढि प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0