<

 

कृष्ण तिवारी ,साउन २३ गते ।

रौतहटका सुख्खा क्षेत्रलाई सिचाइको ब्यवस्था,लम्पिस्किन रोगका विरुद्ध खोपको ब्यवस्था, बाढी पीडितलाई राहत, पुनःस्थापना तथा भौतिक संरचनाको पुनःनिर्माणको माग गर्दै नेकपा(एमाले) रौतहट जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालय गौरमा पुगेर नेकपा (एमाले)केन्द्रीय सदस्य रेखा झा ,अजय गुप्ता ,प्रदेश कमिटी उपसचिव आरती भन्डारी,प्रदेश कमिटी सदस्यहरु अखिलेश्वर चौधरी,जयचन पटेल,अंशु सिंह,गौरिशंकर जैसवाल,प्रेमशंकर यादव जिल्ला संयोजक सचिदानन्द शाह,प्रचार बिभाग प्रमुख रुपेश पटेल लगायत जिल्ला कमिटी सदस्यहरु,पालिका पदाधिकारीहरु सहितको टोलीले रौतहटको सुख्खा क्षेत्रमा सिचाइ को ब्यवस्था गर्ने ,किसानलाई क्षतिपूर्ति र राहत तथा माग गर्दै ज्ञापनपत्र बुझाएको हो । प्रधानमन्त्री सँग नदीहरूको नियन्त्रण, खानेपानी, विद्युत, सडक, पुल लगायतका बिग्रिएका संरचनाहरूको तत्काल पुनःनिर्माण गर्न पनि एमाले रौतहट जिल्ला कमिटीले ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्रमा लम्पिस्किन रोगको विरुद्ध खोपको ब्यवस्था, नदी किनारामा तटबन्ध निर्माण गर्नुपर्ने, बिग्रेका मोटरबाटो मर्मत गरी सञ्चालन गर्न योग्य बनाउनुपर्ने,अस्थाई झोलुङ्गे पुल बनाउनुपर्ने लगायतका माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0