<
राैतहट, ३१ गते वैशाख । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ५ बाट प्रहरीले अबैध रुपमा भारतबाट भन्सार छली गरी ल्याउदै गरेको मोटर साइकलको स्पेयार्स सहितका समान बारामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटी गएको गस्ती टोलीले सवारी साधन तथा पैदल यात्रुलाइ चेक जाच गरी रहेको अवस्थामा भारतबाट अबैध रुपमा चोरी पैठारी गरी ल्याउदै गरेको १ लाख ७० हजार २६१ रुपैया मुल्य बरावरको मोटर साइकलका स्पेयार्स पार्ट सहितको समान बारामद भएको प्रहरी नायव उपरिक्षक एलिजा गिरिले जानकारी दिएका छन। बारामद गरिएको उक्त मुल्य बरावारको समान कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1