सनिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा एजेन्सी प्रबन्धक रामअधार प्रसाद यादव सम्मानित
रौतहट । सनिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गौर शाखाले गत असोज महिनाको “Fast Track Agency Manager Scheme” अन्तर्गत निर्धारित लक्ष्य शतप्रतिशत पूरा गरी एजेन्सी प्रबन्धकमा नियुक्ति हुन सफल भएका रामअधार प्रसाद यादवलाई विशेष सम्मान गरेको छ।
उक्त योजनाअन्तर्गत लक्ष्य हासिल गरेको उपलब्धिको कदर गर्दै कम्पनीले सुरके थैलीमा चाँदीको सिक्का, भिजिटिङ कार्ड, बीमा पुस्तक तथा कम्पनीको ज्याकेट उपहारस्वरूप प्रदान गरेको हो।
उपहार हस्तान्तरण कार्यक्रममा गौर शाखाका शाखा प्रमुख रुस्तम अन्सारी, मार्केटिङ अफिसर अकिल अन्सारी तथा गौर शाखामा कार्यरत CSE कर्मचारी कल्याणी अधिकारी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा शाखा प्रमुख रुसतम मिया ले गत असोज महिनाको योजनामा उत्कृष्ट प्रदर्शन गर्दै लक्ष्य शतप्रतिशत पूरा गरेकोमा रामअधार प्रसाद यादवलाई बधाई दिँदै आगामी दिनमा पनि उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिन शुभकामना व्यक्त गरे।
सम्मान ग्रहण गर्दै एजेन्सी प्रबन्धक रामअधार प्रसाद यादवले कम्पनीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै कम्पनीको व्यवसाय विस्तारमा सक्रिय रहने प्रतिबद्धता जनाए।
सनिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी प्रबन्धक तथा अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता सम्मान तथा प्रोत्साहनमूलक योजनाहरू सञ्चालन गर्दै आएको जनाएको छ।







