२०८३ भाद्र ९
२०८३ भाद्र ९

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी आज र भोली बन्द गरिएको छ ।

नेपाल-चीन जोड्ने मितेरी पुल मर्मतका लागि आज र भोली नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो ।

चिनियाँ पक्षले मनसुन र बाढी पहिरोलाई मध्यनजर गरी आजदेखि पुलको गुणस्तर मापन तथा मर्मत सम्भारको कार्य गर्न लागेकाले नाका बन्द गरिएको बताइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी द्रुव प्रसाद अधिकारीले जारी गरेको सूचनामा भनिएको छ- ‘रसुवागढी सीमानाकास्थित नेपाल चीन जोड्ने मितेरी पुल (बेलीब्रीज ) को चेकजाँच एवम् मर्मतसम्भार गर्नुपर्ने भएकाले मिति २०८३।०३।१५ र १६ गते उक्त बेलीब्रिजबाट हुने सवारी आवगमनमा रोक लगाइएको भनी चिनीयाँ समकक्षीबाट जानकारी हुन आएको हुँदा सोही बेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । साथै, कैलाश मानसरोबर तीर्थाटनमा रहनु भएका तीर्थयात्रीहरुलाई १०/१० जनाको समूहमा दुवै पक्षका सुरक्षा संयन्त्रहरुको समन्वयमा यात्रा सहजीकरण भईरहेको बेहोरा समेत अनुरोध छ ।’एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम ३२ को चौथो खेलमा मंगलबार विहान नेदरल्यान्ड्स र मोरक्कोबीच कडा प्रतिस्पर्धा हुँदैछ ।  नेपाल समय अनुसार बिहान ६: ४५ बजेदेखि हुने यो खेल समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका दुई टोलीबीच रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

मोरक्कोले समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै समूह ‘सी’को उपविजेता बनेको थियो । उसले पहिलो खेलमा ब्राजिलसँग १-१ को बराबरी खेलेको थियो भने त्यसपछि स्कटल्यान्डलाई १-० र हाइटीलाई ४-२ ले हराएको थियो।

प्रशिक्षक मोहम्मद ओआहबीको नेतृत्वमा रहेको मोरक्कोले लगातार दुई विश्वकपमा नकआउट चरणमा स्थान बनाउने तेस्रो अफ्रिकी राष्ट्र बनेर इतिहास रचेको छ । यसअघि नाइजेरियाले सन् १९९४ र १९९८ तथा घानाले सन् २००६ र २०१० मा लगातार नकआउट चरण खेलेका थिए ।

सन् २०२२ को विश्वकपमा अफ्रिकाबाट पहिलो पटक सेमिफाइनल पुगेर इतिहास बनाएको मोरक्को यसपटक त्यो उपलब्धिलाई अझ अगाडि बढाउने लक्ष्यमा छ । तर त्यसका लागि उसले बलियो लयमा रहेको नेदरल्यान्ड्सलाई हराउनुपर्ने चुनौती छ ।

नेदरल्यान्ड्सले पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो। उसले पहिलो खेलमा जापानसँग २-२ को बराबरी खेलेपछि स्विडेनलाई ५-१ र ट्युनिसियालाई ३-१ ले पराजित गर्दै समूह ‘एफ’को विजेता बनेको थियो ।

रोनाल्ड कोम्यानको टोलीले सन् २०१० यता खेलेका पछिल्ला १० विश्वकप नकआउट खेलमध्ये सातमा जित निकाल्दै राम्रो कीर्तिमान बनाएको छ । यद्यपि पछिल्ला पाँच नकआउट खेलमध्ये तीन खेल पेनाल्टी सुटआउटमा पुगेका थिए। सन् २०२२ को क्वार्टरफाइनलमा अर्जेन्टिनासँग ४-३ ले पेनाल्टीमा पराजित भएको पीडा यसपटक बिर्साउने लक्ष्य डच टोलीको छ ।

समूह चरणमा नेदरल्यान्ड्सको आक्रमण निकै प्रभावशाली देखिएको छ । तीन खेलमा १० गोल गर्दै उसले सन् २०१४ पछि पहिलो पटक समूह चरणमा दोहोरो अंकको गोल संख्या पुर्‍याएको हो । हालसम्म प्रतियोगितामा जर्मनी र फ्रान्ससँगै सर्वाधिक १० गोल गर्ने टोली पनि नेदरल्यान्ड्स नै हो ।

यता मोरक्कोले पनि गोल गर्ने क्षमतामा कुनै कमी देखाएको छैन । समूह चरणमा उसले ६ गोल गरेको थियो ।  हाइटीविरुद्ध ४ गोल गर्दै मोरक्कोले विश्वकप इतिहासमा पहिलो पटक एउटै खेलमा चार गोल गर्ने राष्ट्रिय कीर्तिमान बनाएको थियो । विश्वकपमा उसको कुल गोल संख्या २६ पुगेको छ, जसले नाइजेरियाको २३ गोलको कीर्तिमानलाई पछि पार्दै अफ्रिकी राष्ट्रमध्ये सर्वाधिक गोल गर्ने टोली बनाएको छ ।

मोरक्कोका इस्माइल साइबारी टोलीका सबैभन्दा खतरनाक खेलाडीका रूपमा उदाएका छन् । उनले ब्राजिल, स्कटल्यान्ड र हाइटीविरुद्ध लगातार गोल गरेका छन् । एउटै विश्वकपमा तीन गोल गर्ने उनी पहिलो मोरक्कन खेलाडी बनेका छन् । यदि उनले नेदरल्यान्ड्सविरुद्ध पनि गोल गरे भने क्यामरुनका रोजर मिल्लाको चार गोलको अफ्रिकी कीर्तिमानसँग बराबरी गर्नेछन् ।

नेदरल्यान्ड्सतर्फ भने गोल गर्ने जिम्मेवारी धेरै खेलाडीले बाँडेका छन् । ब्रायन ब्रोबेले तीन गोल गरेका छन् भने कोडी गाक्पो र क्रिसेन्सियो समरभिलले समान दुई-दुई गोल गरेका छन् । डच टोलीले सिर्जना गरेका अवसरको तुलनामा निकै प्रभावकारी रूपमा गोल गर्दै आएको छ, जुन उसको सबैभन्दा ठूलो बल बनेको छ ।

विश्वकप इतिहासमा यी दुई टोलीबीच यो दोस्रो भेट हुनेछ । पहिलो भेट सन् १९९४ को विश्वकपमा भएको थियो, जहाँ डेनिस बेर्गकाम्प र ब्रायन रोयको गोलमा नेदरल्यान्ड्सले २-१ को जित निकालेको थियो ।

नेदरल्यान्ड्सले विश्वकपमा अफ्रिकी टोलीविरुद्ध खेलेका ६ खेलमध्ये पाँचमा जित र एकमा बराबरी खेलेको छ । उसका पाँचै जितमा कम्तीमा दुई गोल गरेका छन् । यद्यपि अफ्रिकी टोलीसँग नकआउट चरणमा भने यो पहिलो भेट हुनेछ । मोरक्कोले स्कटल्यान्डलाई हराएपछि लगातार दोस्रो पटक विश्वकपमा युरोपेली टोलीविरुद्ध जित निकाल्ने लक्ष्य राखेको छ । युरोपेली टोलीविरुद्ध खेलेका पाँच नकआउट खेलमध्ये मोरक्कोले एक मात्र जित सन् २०२२ को क्वार्टरफाइनलमा पोर्चुगललाई १-० ले हराउँदा निकालेको थियो । त्यसैले मंगलबारको खेलमा इतिहास दोहोर्‍याउने कि नेदरल्यान्ड्सले आफ्नो उत्कृष्ट कीर्तिमान कायम राख्ने भन्ने चासो रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपालप्रसाद भट्टले  पदभार ग्रहण गरेका छन् ।

आजै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबाट पद तथा गोपनियताको शपथ गरेपछि उनी धितोपत्र बोर्डको ललितपुरस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

शपथपछि अर्थमन्त्री डा. वाग्लेले कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न निर्देशन दिदै पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्न निर्देशन दिएका थिए ।

अर्थमन्त्री डा. वाग्लेले सरकारले सबैखाले सहयोग गर्ने बताउदै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउन अध्यक्ष भट्टलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

पुँजी बजार सुधारका काम गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना पेस गर्न निर्देशन दिदै अर्थमन्त्री डा. वाग्लेले बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गर्ने परिपाटी रोक्न आग्रह गरेका थिए ।

भट्टलाई असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।एभरेष्ट न्यूज एजेन्सी

बाँके । आफ्नै दाई २५ वर्षीय मनोज चौधरीको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहवा बस्ने २० वर्षीय बिनोद चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिनोदले आइतबार राति कुटपिट गरी मनोजको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई कोहलपुर नगरपालिका-१५ गोहवाबाट सोमबार बिहान पक्राउ गरेको   हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

आरके श्रीवास्तव,रौतहट,१४ गते असार ।

रौतहटको मध्यभाग गरुडास्थित होटल एनएन प्लाजामा जनता समाजवादी पार्टी (जसपा) नेपालको अगुवा कार्यकर्ता भेला, अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेका थिए भने जिल्ला अध्यक्ष राजीव रञ्जन यादव (राजु)ले अध्यक्षता गरेका थिए ।

कार्यक्रमको सञ्चालन आरएन पटेलले गरेका थिए । भेलामा रौतहटका निर्वाचन क्षेत्र नम्बर १ देखि ४ सम्मका प्रतिनिधिसभा सदस्यका पूर्व उम्मेदवार तथा पार्टीका नेताहरूले पछिल्लो निर्वाचनको समीक्षा गर्दै आफ्ना धारणा राखेका थिए । रौतहट क्षेत्र नम्बर ३ का पूर्वमन्त्री तथा नेता गोविन्द चौधरीले संघीयताको विषयमा आमजनतामा अझै पनि स्पष्ट बुझाइको अभाव रहेको उल्लेख गर्दै जनताको बीचमा पुगेर यसको वास्तविक महत्व बुझाउनुपर्ने बताए ।

उनले दशैं–तिहारलगायतका अवसरमा जनतासँग प्रत्यक्ष सम्पर्क र सडक संघर्षलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्दीले निर्वाचनमा देश–विदेशी षड्यन्त्रका कारण जसपा पराजित भएको दाबी गर्दै जनतालाई भ्रममा पार्ने प्रयास भएको बताए । उनले प्रदेश सरकारलाई पर्याप्त अधिकार नदिँदा संघीयताको मर्मअनुसार काम गर्न कठिन भएको उल्लेख गरे । राउतले मधेश प्रदेश सरकारले तीनवटा विश्वविद्यालय स्थापना गर्न सफल भएको दाबी गर्दै प्रदेश सरकारले गरेका सकारात्मक कामहरू जनतासम्म प्रभावकारी रूपमा पु¥याउन नसकिएको बताए। उनले अहिलेको सरकारले करको भार बढाएर गरिब जनतालाई थप मर्कामा पारेको आरोप पनि लगाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले देशभर यस्तै प्रकृतिका अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । उनले यो कार्यक्रम अन्यभन्दा फरक रहेको उल्लेख गर्दै कार्यकर्ताको सुझाव र अनुभव सुन्ने उद्देश्यले आयोजना गरिएको बताए । अध्यक्ष यादवले सतही विश्लेषणभन्दा गहिरो समीक्षा आवश्यक रहेको बताउँदै विगतका निर्वाचन परिणामबाट शिक्षा लिनुपर्ने धारणा राखे ।

उनले जनता सचेत भए मात्र आफ्नो अधिकारको रक्षा गर्न सक्ने भन्दै गाउँ–गाउँमा पुगेर जनचेतना फैलाउन कार्यकर्तालाई निर्देशन दिए । उनले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरणका लागि चार बुँदे कार्ययोजना अघि सारे । वास्तविक र सक्रिय व्यक्तिलाई पार्टी सदस्य बनाउने, काम गर्ने कार्यकर्तालाई समितिमा समावेश गर्ने, जिल्ला कमिटी पुनर्गठन गर्ने तथा अहिलेदेखि नै आगामी निर्वाचनको तयारीमा जुट्नुपर्नेमा उनले जोड दिए ।

यादवले वर्तमान अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै संकट उत्पन्न भएको दाबी गर्दै संघीयता कमजोर पार्ने र प्रदेश संरचना समाप्त गर्ने प्रयास भइरहेको आरोप लगाए । जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने जसपा नेपालको मुख्य एजेन्डा रहेको उल्लेख गर्दै लोकतन्त्र र संघीयताको रक्षाका लागि संघर्ष गर्न तयार रहन उनले कार्यकर्तालाई आह्वान गरे । उनले सामाजिक सञ्जाललाई प्रभावकारी रूपमा प्रयोग गर्दै पार्टीका गतिविधि र विचार जनतामाझ पु¥याउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमका अध्यक्ष राजीव रञ्जन यादवले केही व्यक्तिका कारण पार्टी संगठन कमजोर बनेको स्वीकार गर्दै अब सबै नेता तथा कार्यकर्ताबीच एकता कायम गरी संगठनलाई पुनः बलियो बनाउनुपर्नेमा जोड दिए । भेलामा जिल्लाका विभिन्न पालिकाबाट आएका पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सनिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा एजेन्सी प्रबन्धक रामअधार प्रसाद यादव सम्मानित
रौतहट । सनिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गौर शाखाले गत असोज महिनाको “Fast Track Agency Manager Scheme” अन्तर्गत निर्धारित लक्ष्य शतप्रतिशत पूरा गरी एजेन्सी प्रबन्धकमा नियुक्ति हुन सफल भएका रामअधार प्रसाद यादवलाई विशेष सम्मान गरेको छ।
उक्त योजनाअन्तर्गत लक्ष्य हासिल गरेको उपलब्धिको कदर गर्दै कम्पनीले सुरके थैलीमा चाँदीको सिक्का, भिजिटिङ कार्ड, बीमा पुस्तक तथा कम्पनीको ज्याकेट उपहारस्वरूप प्रदान गरेको हो।
उपहार हस्तान्तरण कार्यक्रममा गौर शाखाका शाखा प्रमुख रुस्तम अन्सारी, मार्केटिङ अफिसर अकिल अन्सारी तथा गौर शाखामा कार्यरत CSE कर्मचारी कल्याणी अधिकारी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा शाखा प्रमुख   रुसतम मिया ले गत असोज महिनाको योजनामा उत्कृष्ट प्रदर्शन गर्दै लक्ष्य शतप्रतिशत पूरा गरेकोमा रामअधार प्रसाद यादवलाई बधाई दिँदै आगामी दिनमा पनि उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिन शुभकामना व्यक्त गरे।
सम्मान ग्रहण गर्दै एजेन्सी प्रबन्धक रामअधार प्रसाद यादवले कम्पनीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै कम्पनीको व्यवसाय विस्तारमा सक्रिय रहने प्रतिबद्धता जनाए।
सनिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी प्रबन्धक तथा अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता सम्मान तथा प्रोत्साहनमूलक योजनाहरू सञ्चालन गर्दै आएको जनाएको छ।

रामअधार प्रसाद यादव, रौतहट, असार १४

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत ूपूर्ण खोप, सुरक्षित भविष्यू भन्ने मूल नारासहित नगर खोप समन्वय समितिको सचिवालय, राजदेवी नगरपालिका, रौतहटको आयोजनामा आज २०८३ साल असार १४ गते आइतबार राजदेवी नगरपालिकाको सभाहलमा पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

राजदेवी नगरपालिकाका नगर प्रमुख श्री भिखारी प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं प्रमुख अतिथि श्री राम अयोध्या राय यादव, स्वास्थ्य कार्यालय रौतहटका विशिष्ट अतिथि श्री अनिल कुमार कर्ण, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा राजदेवी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो। साथै पूर्ण खोप अभियानलाई थप प्रभावकारी र दिगो बनाउन घोषणा समारोह तथा हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको थियो।

वक्ताहरूले प्रत्येक बालबालिकाले समयमै सबै खोप प्राप्त गर्नु उनीहरूको स्वास्थ्य र सुरक्षित भविष्यका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै पूर्ण खोप सुनिश्चिततालाई दिगो रूपमा कायम राख्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

कार्यक्रमको अवसरमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियानलाई सफल बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै स्वास्थ्य शाखा प्रमुख रामाकान्त यादव, सह–संयोजक राकेश यादव तथा स्वास्थ्य शाखाका कर्मचारीहरूलाई उनीहरूको कार्यसम्पादनका आधारमा प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। नगर प्रमुख भिखारी प्रसाद यादव तथा उपस्थित अतिथिहरूले सम्मानित कर्मचारीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि र खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा निरन्तर सक्रिय रहन शुभकामना व्यक्त गरेका थिए।

राजदेवी नगरपालिकाले आगामी दिनमा पनि राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै पूर्ण खोप सुनिश्चितताको अवस्थालाई निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

उक्त कार्यक्रम भव्य एवं सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको जानकारी राजदेवी नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक राकेश यादवले दिएका हुन्।

आशिक हुसैन शेख
दोहा (कतार), असार १४ / जुन २८, २०२६

“सम्पूर्ण नेपालीको चाहना, शान्त समृद्धि नेपालको परिकल्पना” भन्ने मूल नारासहित बागमती प्रदेश समन्वय परिषद् कतारले २३औँ राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसरमा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

दोहाको सनैयास्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रम परिषद्का अध्यक्ष कविन्द्र कँडेलको सभापतित्व तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा परिषद्का संस्थापक संरक्षक सागर नेपाल, विशिष्ट संरक्षक नन्दन ढुंगाना, सल्लाहकार राज देवकोटा लगायत विभिन्न सामाजिक तथा सामुदायिक व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा बंगलादेश, श्रीलंका तथा भारतका विभिन्न सामुदायिक संस्थाका प्रतिनिधिहरूले समेत सहभागिता जनाएका थिए। साथै कतारस्थित विभिन्न प्रदेश समन्वय परिषद्, जिल्ला संस्था, सामाजिक अभियन्ता, व्यवसायी, पत्रकार, कलाकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाली राष्ट्रिय गानसँगै कार्यक्रमको शुभारम्भ गरिएको थियो। ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। प्रमुख अतिथि, सभापति तथा विशिष्ट अतिथिहरूद्वारा दीप प्रज्वलन र ब्यानर वाचन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो।

परिषद्की महिला उपाध्यक्ष ममता राना भाटले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामहरी चौलागाईंले राष्ट्रिय धान दिवसको महत्वबारे प्रकाश पार्दै शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै सांगीतिक प्रस्तुति पनि दिएका थिए।

कार्यक्रममा वक्ताहरूले राष्ट्रिय धान दिवसको महत्व, कृषि संस्कृतिको संरक्षण, प्रवासी नेपालीबीचको एकता तथा सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

सांस्कृतिक कार्यक्रममा स्वागत नृत्यसँगै लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाका कलाकारहरूले आकर्षक गीत तथा नृत्य प्रस्तुत गरेका थिए। सुमित्रा भट्टराई, अस्मिता लामिछाने, वीरेन्द्र श्रेष्ठ, सुमन खड्का, मनिता सुनाम, गुणा मगर, नारायण देवकोटा, पुकार थापा, जमुना बिक, बाबु कौशल, लक्ष्मी कार्की र सुमित्रा बुढा क्षेत्रीलगायत कलाकारहरूको प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो।

यस अवसरमा नेपाली कला, संस्कृति, सामाजिक सेवा तथा सञ्चार क्षेत्रमा योगदान पुर्‍याएका कलाकार, पत्रकार तथा विभिन्न व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

औपचारिक कार्यक्रमपछि दोस्रो चरणको सांस्कृतिक कार्यक्रम साँझ ७ बजेसम्म सञ्चालन गरिएको थियो। कार्यक्रमको सञ्चालन परिषद्का महासचिव गंगा बहादुर सुनुवारले गरेका थिए भने सह–सञ्चालन उपमहासचिव दिनेश अधिकारीले गरेका थिए।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने संरक्षक, सल्लाहकार, जिल्ला संस्था, स्वयंसेवक, कलाकार, पत्रकार, व्यवसायी, सामाजिक अभियन्ता, प्रायोजक तथा सम्पूर्ण सहभागीप्रति बागमती प्रदेश समन्वय परिषद् कतारले हार्दिक आभार व्यक्त गरेको छ। परिषद्ले आगामी दिनमा पनि नेपाली भाषा, कला, संस्कृति, कृषि परम्परा तथा प्रवासी नेपालीबीचको एकतालाई अझ सुदृढ बनाउने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ।

काठमाडौँ । असार महिना ‘मानो रोपेर मुरी फलाउन’ दिन । अर्थात आज असार १५, धान दिवस ।

२३औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिले यस बर्षको राष्टिय धान दिवस तथा रोपाइँ महोत्सवको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भता र समृद्धि’ भन्ने तय गरेको बालि विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले जानकारी दिएका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्‍याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ ।

आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । आजको दिन दही चिउरा खानु संस्कृति नै बनेको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान करिब १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ ।

जल, जमीन र जनशक्ति पर्याप्त भए पनि धानको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन । युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमीन खण्डीकरण भई घडेरीकरणमा रुपान्तरण हुनु पर्याप्त सिञ्चित जमीन नहुनु, उन्नत जातका बीउबिजनको प्रयोग नगर्नु र प्राङ्गारिक तथा रासायनिक मलको सहीरुपमा प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञहरुको भनाइ छ ।

नेपालीहरु दुई छाक अनिवार्य नत्र तीनै छाक भए पनि भात खाने गर्छन् । सो बानीले गर्दा चामलको आयात बढेको छ ।  सरकारले भने धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको छ ।  विश्वको कूल जनसंख्यामध्ये आधाभन्दा बढी जनसंख्या एशिया महादेशमा बसोबास गर्छन् । एशियाका धेरै मानिसको आहार भात हो । त्यसैले सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन र भारत एशियामै पर्छन् ।  त्यसपछि क्रमशः इण्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान धेरै धान उत्पादन गर्ने देशको गणनामा सूचीकृत भएका छन् ।  नेपाल संसारकै अग्लो स्थानमा धान उत्पादन गर्ने देशमा पनि पर्छ । जुम्लाको छुमचौरमा उत्पादन हुने जुम्लीमार्सी धान विश्वमा प्रसिद्ध छ । तर, उक्त धान मागअनुसारको उत्पादन हुन सकेको छैन । नेपालको झापा जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुन्छ ।

खाद्यान्न उपभोग गर्ने जनशक्ति बढेसँगै उत्पादनको बढोत्तरी आवश्यक छ । तर नेपालमा भने कूल खेतीयोग्य जमीनमध्ये धेरै बाँझो छ । सरकारी तथ्याङ्कअनुसार करीब ३१ लाख हेक्टर जमीन खेतीयोग्य छ ।एभरेष्ट न्यूज एजेन्सी

रौतहट । आफ्नी जीवनसंगिनीको जीवन बचाउन सक्दो प्रयास गर्दा गर्दै सबै सम्पत्ति गुमाएका रौतहटका एक सर्वसाधारण अहिले सहयोगी मनहरूको ढोका ढकढक्याउन बाध्य भएका छन्।

रौतहटको गरुडा नगरपालिका-२ गेडहीगुठी निवासी ईनरदेव सहनी (अनिश) ले आफ्नी ३१ वर्षीया पत्नी पूजा देवीको उपचारका लागि आर्थिक सहयोगको मार्मिक अपिल गरेका हुन्।

पूजा देवी विगत केही वर्षदेखि रगतसम्बन्धी अत्यन्तै दुर्लभ र जटिल रोग ‘आईटीपी’ (इडियोप्याथिक थ्रोम्बोसाइटोपेनिक पर्पुरा) सँग संघर्ष गरिरहेकी छन्। यो रोगका कारण उनको जीवन निरन्तर जोखिममा छ।

आफ्नो सिन्दूर जोगाउने आशामा ईनरदेवले नेपाल र भारतका दर्जनौँ अस्पताल धाइसकेका छन्। वीरगञ्जको नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, भरतपुर अस्पताल, काठमाडौँको सिभिल अस्पताल, नेपाल मेडिकल कलेज, भारतको पटनास्थित पीएमसीएच, इन्दिरा गान्धी अस्पताल, मुजफ्फरपुरको प्रशान्त मेमोरियल अस्पताल, चण्डीगढ र अन्ततः नयाँदिल्लीस्थित एम्स अस्पतालसम्म पुगेर उपचार गराए। तर लाखौँ रुपैयाँ खर्च गर्दा पनि पूजाको स्वास्थ्यमा अपेक्षित सुधार आउन सकेन।

उपचारको क्रममा ईनरदेवले आफ्नो सबै सम्पत्ति गुमाइसकेका छन्। ‘श्रीमतीलाई बचाउन मैले आफ्नो भएभरको सबै सम्पत्ति सिद्ध्याएँ। उपचारकै क्रममा घरको करिब १५ कठ्ठा जग्गा बेचिसक्यौँ। गोठका साना-ठूला पशुचौपाया पनि बेचेर उपचारमा लगायौँ। अहिले हामी बस्ने एउटा ओत लाग्ने घरबाहेक संसारमा केही बाँकी छैन,’ उनले गहभरी आँसु पार्दै भने।

उनका अनुसार उपचारका क्रममा हालसम्म ३५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। यति ठूलो रकम खर्च गर्दा पनि पत्नीको स्वास्थ्यमा सुधार नआएपछि उनीहरू फेरि नयाँ चुनौतीसँग जुधिरहेका छन्।

हालै नयाँदिल्लीस्थित एम्स अस्पतालका विशेषज्ञ चिकित्सकहरूले पूजा देवीको ज्यान जोगाउने अन्तिम विकल्पका रूपमा ‘बोन म्यारो ट्रान्सप्लान्ट’ (अस्थिमज्जा प्रत्यारोपण) गर्नुपर्ने सुझाव दिएका छन्। तर उक्त उपचारका लागि मात्रै थप करिब ६० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

सबै सम्पत्ति सकिएको अवस्थामा यति ठूलो रकम जुटाउनु ईनरदेवका लागि असम्भवजस्तै बनेको छ। पैसाको अभावमा आफ्नै आँखा अगाडि जीवनसंगिनीलाई पीडासँग संघर्ष गरिरहेको देख्न बाध्य उनी अहिले देश-विदेशमा रहेका सहयोगी मनहरूसँग हार्दिक अपिल गरिरहेका छन्।

‘मसँग अब बेच्ने केही बाँकी छैन। श्रीमतीलाई बचाउने अन्तिम आशा तपाईंहरूको सहयोग नै हो। कृपया सकेको सहयोग गरेर एउटा परिवार उजाडिनबाट बचाइदिनुहोस्,’ उनले भावुक हुँदै आग्रह गरे।

आर्थिक अभावका कारण उपचार रोकिएमा पूजाको ज्यान थप जोखिममा पर्न सक्ने चिकित्सकहरूले बताएका छन्। त्यसैले समयमै आवश्यक रकम जुटाउन सके अस्थिमज्जा प्रत्यारोपणमार्फत उनको जीवन बचाउने सम्भावना रहेको परिवारको विश्वास छ।

एउटा सानो सहयोगले एउटा परिवारको आशा, एउटा श्रीमानको भरोसा र एक युवतीको जीवन बचाउन ठूलो आधार बन्न सक्ने अपेक्षा परिवारले गरेको छ।हाम्रो कुरा

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।