२०८३ असार ३१
२०८३ असार ३१

एकदिवसीय सिरिजमा भारतको विजयी शुरुवात, इङल्याण्ड ६ विकेटले पराजित

काठमाडौँ । भारतले पहिलो एकदिवसीय क्रिकेट खेलमा इङल्याण्डलाई ६ विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

पहिले ब्याटिङ गरेको इङल्याण्ड ४७.५ ओभरमा २५८ रनमा समेटियो । जवाफमा भारतले ४५.२ ओभरमा ४ विकेट गुमाउँदै २६२ रन बनाएर लक्ष्य पूरा गरेको थियो ।

भारतको जितमा कप्तान शुभमन गिल, अक्षर पटेल र वासिङ्टन सुन्दरले अर्धशतकीय इनिङ्स खेलेका थिए । शुभमन गिलले ८० रन बनाएका बेला खुट्टामा समस्या देखिएपछि मैदान छाड्दै उपचारका लागि बाहिरिएका थिए । भारतको सुरुआत भने राम्रो हुन सकेन । रोहित शर्मा र विराट कोहली सस्तैमा आउट भएपछि शुभमन गिल र श्रेयस अय्यरले तेस्रो विकेटका लागि १०१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

गिल मैदानबाट बाहिरिएपछि श्रेयस अय्यर रनआउट भए भने केएल राहुल पनि धेरै समय टिक्न सकेनन् । त्यसपछि अक्षर पटेल र वासिङ्टन सुन्दरले जिम्मेवारी सम्हाल्दै पाँचौँ विकेटका लागि अविजित १०२ रनको साझेदारी गरेका थिए ।

अक्षरले ३९ बलमा अर्धशतक पूरा गर्दै अविजित ५७ रन बनाए भने वासिङ्टनले विजयी छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए । उनी ५२ रनमा अविजित रहे । इङल्याण्डका लागि जोफ्रा आर्चर, जोस टङ र साम करनले समान एक-एक विकेट लिए ।

त्यस्तै इङल्याण्डका लागि जो रुटले ७६, लियाम डावसनले ६८ र बेन डकेटले ४३ रन बनाएका थिए भने भारतीय बलर अक्सर पटेलले ४ विकेट लिएका थिए भने गुरनूर ब्रार र प्रसिद्ध कृष्णले २-२ विकेट लिएका थिए ।

यो जितपछि भारतले सिरिजमा १-० को बढ्त बनाएको छ भने अब सिरिजको दोस्रो खेल विहिबार हुने छ ।एभरेष्ट न्यूज एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।