बज्जिकाञ्चल संवाददाता,सर्लाहि, मंसिर २६ गते ।
सर्लाहीको एक सामुदायिक बिद्यालयका विद्यार्थीलाई न्यानो कपडा (स्विटर), टोपि, मोजा तथा बिद्यालयलाइ खेलकुद सामग्री र शैक्षिक सामग्री बितरण गरिएको छ । नारी श्रस्टा समाज नेपालकि अध्यक्ष साहित्यकार ममता मृदुलले बिद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रम बिच विद्यार्थीहरुलाई स्विटर, टोपी र मोजाका साथै बिद्यालयलाइ खेलकुद सामग्री र शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
समाजकी अध्यक्ष साहित्यकार मृदुलले सर्लाही गोडैता नगरपालिका -५ रामबन स्थित श्रीमती सरस्वती देवि कुशवाहा सामुदायिक आधारभूत विद्यालय तथा त्यहा अध्ययनरत विद्यार्थीलाई उक्त सामग्री वितरण गर्नुभएको हो ।
कक्षा १ देखि ८ सम्म पढाइ हुने उक्त विद्यालयमा अध्ययनरत करिब २५ जना विद्यार्थीलाई न्यानो स्विटर , टोपि र मोजाका साथै बिद्यालयलाइ भलिबल, फुटबल, बास्केटबल, ब्याडमिन्टन लगायतका खेलकुद सामग्री र विभिन्न कितावहरु वितरण गरेको समाजकी अध्यक्ष साहित्यकार मृदुलले बताउनुभयो ।
उहाँका अनुसार विद्यार्थीलाई एक–एक वटा न्यानो स्विटर, टोपी र मोजा वितरण गरिएको छ । सामुदायिक बिद्यालयका अति बिपन्न विद्यार्थीलाई जाडोको समयमा नियमित विद्यालय आउने वातावरण बनाउन साथै उनीहरूको पढाइलाई सुधार तथा गुणस्तरीय बनाउनमा सहयोग पुर्याउने उद्देश्यले बिद्यालयलाई शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण गरेको उहाँको भनाइ छ ।
समाजकी अध्यक्ष साहित्यकार मृदुलले वितरण गर्नुभएको स्विटर, टोपी , मोजा , खेलकुद सामग्री र शैक्षिक सामग्रीले विद्यार्थीका साथै बिद्यालयलाई राहत मिलेको विद्यालयका संरक्षक तथा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतोले बताउनुभयो ।
अहिलेको जाडो मौसममा न्यानो स्विटर, टोपि, मोजा पाएपछि विद्यार्थी हर्षित भएका छन् । साहित्यकार मृदुलको सहयोगको कदर गर्दै बिद्यालयका तर्फबाट कदर गर्दै उहाँलाइ मायाको चिनोद्वारा सम्मान गरिएको बिद्यालयका प्रधानाध्यापक रामप्रकाश महतोले बताउनुभयो । सामग्री बितरण कार्यक्रममा विश्व नेपाली साहित्य समाज ललितपुरका अध्यक्ष निता श्रेष्ठ, बज्जिका साहित्य समाज सर्लाहिका सचिव मुकेश मिश्र लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।








