२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

रौतहटको गौर र चन्द्रपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

आरके श्रीवास्तव,रौतहट,भदौ २४ ।

रौतहट जिल्लाकाे गौर नगरपालिका र चन्द्रपुर नगरपालिका क्षेत्रभित्र सुरक्षाका दृष्टिले संवेदनशील मानिएको क्षेत्रलाई लक्षित गर्दै प्रमुख जिल्ला अधिकारी बिनाेद कुमार खड्काले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका छन् ।

चन्द्रपुर नगरपालिकामा कर्फ्यू बिहान ११:३० बजेबाट लागू

प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशअनुसार २०८२ साल भदौ २४ गते बिहान ११:३० बजेदेखि लागू हुने गरी चन्द्रपुर नगरपालिकाको निम्न चार किल्लाभित्र कर्फ्यू जारी गरिएको हो ।
उत्तर: गौर-चपुर चौकदेखि गैडटारतर्फ जाने बाटोको पानी ट्यांकी भ्यू टावरसम्म,पूर्व: गौर-चपुर चौकदेखि चाँदी खोलाको पुल पारीसम्म,दक्षिण: गौर-चपुर चौकदेखि घोडदेवी मन्दिरसम्म र पश्चिम: गौर-चपुर चौकदेखि महेन्द्र राजमार्गस्थित जिल्ला ट्राफिक कार्यालयको पोष्टसम्म रहेको जनाइएको छ ।

गौर नगरपालिकामा कर्फ्यू दिउँसो १२:०० बजेबाट लागू

त्यसैगरी, सोही दिन दिउँसो १२:०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि गौर नगरपालिकाको देहाय बमोजिमको क्षेत्रभित्र पनि कर्फ्यू आदेश जारी गरिएको छ ।

उत्तर: गौरको बि.पी. चौकदेखि गौर बसपार्कसम्म,पूर्व: बि.पी. चौकदेखि बरहवा पुल पारीसम्म,दक्षिण: बि.पी. चौकदेखि गौर भन्सार कार्यालयसम्म र पश्चिम: बि.पी. चौकदेखि टिकुलिया गाउँसम्म रहेको छ ।

कर्फ्यू अवधिमा के-के अनुमति?

कर्फ्यू आदेशको अवधिभर निम्न सेवाहरूमा भने सुरक्षाकर्मीको सहजीकरणमा आवतजावत गर्न पाइनेछ ।

अत्यावश्यक सेवाका सवारी साधनहरू एम्बुलेन्स, दमकल, शववाहन,स्वास्थ्यकर्मी र सञ्चारकर्मीका सवारी साधन, पर्यटक सवारी साधन,मानव अधिकारकर्मी तथा कुटनीतिक नियोगका सवारी र हवाई टिकट देखाएर यात्रा गर्नुपर्ने यात्रुहरू आवतजावत गर्न पाउने छन् ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई संयम अपनाउन, तोकिएको सिमाभित्र प्रवेश वा आवतजावत नगर्न र कर्फ्यू आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।