२०८३ श्रावण १०
२०८३ श्रावण १०

जितपुर–सिमराको विभिन्न गाउँ–टोलमा सांसद अरविन्द साहको जनसंवाद

बज्जिकाञ्चल संवाददात,रौतहट,०९ गते साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य इ. अरविन्द साहले जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. ११ देखि १८ सम्मका विभिन्न गाउँ–टोलको भ्रमण गरी स्थानीय जागरुक नागरिकहरूसँग प्रत्यक्ष जनसंवाद कार्यक्रम सम्पन्न गर्नुभएको छ । जनसंवाद कार्यक्रममा सांसद साहले स्थानीय बासिन्दाका समस्या, आवश्यकता र विकासका प्राथमिकताबारे प्रत्यक्ष रूपमा सुझाव तथा गुनासा सुन्नुभएको थियो। सहभागीहरूले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, रोजगारी तथा पूर्वाधार विकासलगायतका विषयमा आफ्ना धारणा राखेका थिए । सांसद साहले जनप्रतिनिधिको मुख्य दायित्व जनताको आवाज संसद् र सम्बन्धित निकायसम्म पु¥याउनु रहेको उल्लेख गर्दै जनताको सुझाव र आवश्यकतालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विकास निर्माणका काममा पारदर्शिता, सुशासन र जनसहभागितालाई विशेष महत्व दिँदै नागरिकसँगको निरन्तर संवादलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । स्थानीयवासीहरूले जनप्रतिनिधि गाउँ–टोलमै पुगेर प्रत्यक्ष रूपमा जनतासँग संवाद गरेकोप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै यस्ता कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । रास्वपाले सञ्चालन गरेको उक्त जनसंवाद कार्यक्रमलाई स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।