२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

फतुवा विजयपुरमा संविधान र लोकतन्त्रको पक्षमा सशक्त विरोध प्रदर्शन

आरके श्रीवास्तव,राैतहट,भदौ २७ गते । 

रौतहटकाे फतुवा विजयपुरमा नेपालको संविधान २०७२ को रक्षा, लोकतन्त्रको संरक्षण र राष्ट्रको सुदृढ भविष्यका लागि नेपाली कांग्रेसका युवा नेता ज्ञानेन्द्र प्रसाद यादवको अगुवाइमा आज फतुवा विजयपुर बजारमा सशक्त विरोध प्रदर्शन सम्पन्न भएको छ ।

 

प्रदर्शनमा सहभागी नेता यादवले संविधानमाथि बढ्दो खतरा, विदेशी हस्तक्षेपको वृद्धि र देशलाई सैन्यकरणतर्फ लैजान खोजिएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधान र लोकतान्त्रिक प्रणालीलाई रक्षा गर्न सबै नागरिक र राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्  ।

नेता यादवले प्रदर्शन पछि भने, “संविधानमाथि आँच आउनु केवल कागज च्यातिनु होइन, यो हाम्रो संघर्ष, बलिदान र पहिचानमाथिको प्रहार हो।” उनले वर्तमान शासन व्यवस्थामा देखिएको भ्रष्टाचार, बेथिति र निष्क्रियता विरुद्ध कडा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् ।

उनले संविधानभित्रै समस्याहरूको समाधान खोजिनु पर्ने बताउँदै, लोकतन्त्रसँग कुनै सम्झौता नगरिने स्पष्ट सन्देश दिए ।

प्रदर्शनमा सहभागीहरूले “संविधानको रक्षा गरौं”, “लोकतन्त्र बचाऔं”, “विदेशी हस्तक्षेप बन्द गर” जस्ता नारासहित बजार परिक्रमा गरेका थिए ।

 

यस अवसरमा नेपाली कांग्रेसका निवर्तमान नगर प्रमुख मेयर गोपाल राय यादवले पनि सम्वोधन गर्दै वर्तमान संवैधानिक व्यवस्थामै रहेर समस्याको समाधान खोज्नुपर्ने बताए । उनले विदेशी हस्तक्षेप र सैन्य गतिविधि लोकतन्त्रविरोधी भएको भन्दै कांग्रेसको अडान स्पष्ट पारेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।