२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

जेन्जी आन्दोलन: लोसपाद्वारा संघीयताको मर्म अनुसार समाधान खोज्न आह्वान

काठमाडौं, भदौ २७ – हालै देशव्यापी रूपमा भएको जेन्जी आन्दोलनमा अन्धाधुन्ध गोली चलाइँदा दर्जनौँ युवाहरुको ज्यान गएको घटनाले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गहिरो दुःख व्यक्त गरेको छ । पार्टीका उपाध्यक्ष तथा प्रवक्ता डा. आभाष लाभद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “ऐतिहासिक, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति जलेर नष्ट भएको घटनाप्रति पनि पार्टी संवेदनशील छ।” साथै, संविधानलाई आधार मानी संघीयताको मर्म विपरीत नजाने गरी, मुलुकमा शान्ति र स्थायित्व शीघ्र स्थापित गर्नुपर्नेमा जोड दिइएको छ ।

 

लोकतान्त्रिक समाजवादी पार्टीले समाधानको खोजीमा संघीय लोकतान्त्रिक मोर्चाको अभिमतलाई सम्मान गर्दै अघि बढ्न सरकार र सबै सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

 

जेन्जी आन्दोलन पछिल्लो समय युवा पुस्ताले पुराना राजनीतिक प्रणालीप्रति व्यक्त गरेको असन्तोषका रूपमा देखिएको छ । तर, यस आन्दोलनको क्रममा भएको हिंसा र राज्यद्वारा गरिएको बल प्रयोगको चौतर्फी आलोचना भइरहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।