आरके श्रीवास्तव,राैतहट,०४ गते भदौ ।
लोकतान्त्रिक पत्रकार संघको नयाँ नेतृत्वमा अध्यक्ष कामरेन्द्र वर्मा चयनसँगै संघको केन्द्रीय समिति सार्वजनिक गरिएको छ । संघको विधानअनुसार गठित उक्त समिति समावेशी, सक्रिय र जिम्मेवार पत्रकारहरूको सहभागितामा विस्तार गरिएको हो ।
अध्यक्ष वर्माको संयोजनमा पुनः बनेको केन्द्रीय समितिमा मधेस, पहाड र देशभरका ३० भन्दा बढी जिल्लाका प्रतिनिधिहरू समेटिएका छन् । पत्रकारिता, समावेशिता, र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै गठित समितिले संघको गतिविधिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।
संघीय संरचना सुदृढिकरणको अभियान: कार्यालय उद्घाटन र संगठन विस्तार
संघको संस्थागत संरचना बलियो बनाउने उद्देश्यका साथ, लोकतान्त्रिक पत्रकार संघले हालै पर्सा र बारामा आफ्ना कार्यालयहरूको उद्घाटन गरेको छ । स्थानीय पत्रकारहरूलाई संगठित गर्दै सूचना प्रवाह र प्रेस स्वतन्त्रताको पक्षमा क्रियाशील हुन यी कार्यालयहरूले सहयोग गर्ने अध्यक्ष वर्माले बताएका छन् ।
त्यस्तै, यस अघि मधेस प्रदेशका सबै आठ जिल्लामा सक्रिय पत्रकारहरूलाई संयोजक तोकिएको छ । पर्सामा समसुदिन मियाँ,बारामा साहबाज मन्सुर,रौतहटमा राजु कुमार श्रीवास्तव,सर्लाहीमा राजिव कुमार साह,महोत्तरीमा राजिव राय कुर्मी,धनुषामा सनोेज यादव,सप्तरीमा शसिचन्द्र चौधरी,सिरहामा विसुनदेव सरदार रहेका छन् ।

यससँगै बागमती प्रदेशमा रामसुकुल मण्डल र काठमाडौं जिल्लामा प्रिन्स चन्द्र पाललाई पनि संयोजकको जिम्मेवारी दिइएको छ ।
केन्द्रीय समितिका प्रमुख पदाधिकारीहरूमा संयोजक कामरेन्द्र वर्मा (सर्लाही),बरिष्ठ उपाध्यक्ष विजेता चौधरी (धनुषा),उपाध्यक्षहरू संजीव कुमार झा (महोत्तरी), कुशुम भण्डारी (गोर्खा), विजेन्द्र कुमार चौधरी (बारा),महासचिवहरू सुस्मिता लाल, चन्द्रमोहन चौधरी (सर्लाही), शिवम मिश्र (मोरङ) रहेका छन् ।
त्यस्तै सचिवहरू मुकेश कुमार साह (पर्सा), सुरेन्द्र कुमार सिंह (महोत्तरी), प्रियंका शर्मा (धनुषा)काेषाध्यक्ष: रानी पाल (सिरहा) र अन्य सदस्यहरू देशका विभिन्न २८ जिल्लाबाट प्रतिनिधित्व गर्दै समितिमा समावेश भएका छन् ।
अध्यक्ष वर्माले निकट भविष्यमा सबै जिल्ला संयोजकहरूको प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताएका छन् । संघले पत्रकारहरूको अधिकार, पेशागत सुरक्षा, र संगठनात्मक विकासमा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।








