२०८३ असार १३
२०८३ असार १३

आरके श्रीवास्तव,राैतहट,०४ गते भदौ । 

रौतहटको फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले आफूले नगरमा विकास, समृद्धि र सुशासनको अभियान तीव्र रूपमा अघि बढाएपछि विकासविरोधी तत्वहरू आत्तिन थालेको बताएकी छन्।

 

आज पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले विकासको गति तीव्र बनाएसँगै भ्रष्टाचारका विरुद्ध कडा कदम चालेको र यही कारण केही व्यक्तिहरू आफू र नगरपालिकाविरुद्ध भ्रामक र अनर्गल प्रचारमा लागेका आरोप लगाइन्। “भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको छु, त्यसैले लुटतन्त्रमा पलाएका केही तत्वहरू अहिले आत्तिएका छन्,” खातुनले भनिन्।

 

खातुनले नगरवासीको हितलाई प्राथमिकतामा राख्दै सुशासन र पारदर्शिता कायम गर्न थालेपछि विगतमा नगरपालिकालाई आफ्ना स्वार्थका लागि दुरुपयोग गर्दै आएका व्यक्तिहरू असहज भएका र तिनैले अब भ्रमपूर्ण प्रचारमार्फत जनतालाई दिग्भ्रमित गर्न खोजिरहेको स्पष्ट पारिन्।

 

“जनताको विश्वास जित्दै विकासका काम अघि बढाइरहेको छु,” उनले भनिन्, “तर विकास र सुशासन नचाहने शक्तिहरूले मलाई बदनाम गर्ने अभियान थालेका छन्।” यस्ता हल्लाहरूमा विश्वास नगर्न उनले आम जनसमुदायलाई आग्रह गरिन्।

 

नगरप्रमुखको रूपमा उनले लिएको नेतृत्वपछि नगरमा उल्लेखनीय विकास भएको दाबी गर्दै खातुनले सडक कालोपत्रे, विभिन्न ठाउँमा नाला, ढलान र पूर्वाधार निर्माण सम्पन्न भएको जानकारी दिइन्। साथै, विद्यालय, मठ–मन्दिरको भवन निर्माण, कृषि सडक निर्माण लगायतका कामहरू सम्पन्न भएको उल्लेख गरिन्।

 

कृषि क्षेत्रमा स्यालो ट्युबवेल, विद्युतीकरण, मलखादको सहज उपलब्धता र सिंचाइको व्यवस्थाले किसानहरू लाभान्वित भएको खातुनको भनाइ छ।

 

उनले कानुनको दायराभित्र रहेर कुनै दबाब नमानिकन जनताको सेवा चुस्त रूपमा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिइएको जानकारी पनि दिइन्।

 

निलम्बित नगर प्रमुख गोपाल प्रसाद यादव भ्रष्टाचार मुद्दामा दोषी ठहरिएपछि कार्यवाहक जिम्मेवारी सम्हालेकी खातुनले आफ्नो कार्यकालमा नगरमा ठोस र जनमुखी विकास भएको दाबी गर्दै नगरको समृद्धिको यात्रामा सबै पक्षलाई साथ दिन आग्रह गरिन्।

 

“मेरो उद्देश्य स्पष्ट छ – फतुवा विजयपुरलाई समृद्ध बनाउने। जनताको साथ र विश्वास नै मेरो प्रेरणा हो,” कार्यवाहक नगर प्रमुख खातुनले जोड दिइन्।

आरके श्रीवास्तव,राैतहट,०४ गते भदौ । 

लोकतान्त्रिक पत्रकार संघको नयाँ नेतृत्वमा अध्यक्ष कामरेन्द्र वर्मा चयनसँगै संघको केन्द्रीय समिति सार्वजनिक गरिएको छ । संघको विधानअनुसार गठित उक्त समिति समावेशी, सक्रिय र जिम्मेवार पत्रकारहरूको सहभागितामा विस्तार गरिएको हो ।

अध्यक्ष वर्माको संयोजनमा पुनः बनेको केन्द्रीय समितिमा मधेस, पहाड र देशभरका ३० भन्दा बढी जिल्लाका प्रतिनिधिहरू समेटिएका छन् । पत्रकारिता, समावेशिता, र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै गठित समितिले संघको गतिविधिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

संघीय संरचना सुदृढिकरणको अभियान: कार्यालय उद्घाटन र संगठन विस्तार

संघको संस्थागत संरचना बलियो बनाउने उद्देश्यका साथ, लोकतान्त्रिक पत्रकार संघले हालै पर्सा र बारामा आफ्ना कार्यालयहरूको उद्घाटन गरेको छ । स्थानीय पत्रकारहरूलाई संगठित गर्दै सूचना प्रवाह र प्रेस स्वतन्त्रताको पक्षमा क्रियाशील हुन यी कार्यालयहरूले सहयोग गर्ने अध्यक्ष वर्माले बताएका छन् ।

त्यस्तै, यस अघि मधेस प्रदेशका सबै आठ जिल्लामा सक्रिय पत्रकारहरूलाई संयोजक तोकिएको छ । पर्सामा समसुदिन मियाँ,बारामा साहबाज मन्सुर,रौतहटमा राजु कुमार श्रीवास्तव,सर्लाहीमा राजिव कुमार साह,महोत्तरीमा राजिव राय कुर्मी,धनुषामा सनोेज यादव,सप्तरीमा शसिचन्द्र चौधरी,सिरहामा विसुनदेव सरदार रहेका छन् ।

यससँगै बागमती प्रदेशमा रामसुकुल मण्डल र काठमाडौं जिल्लामा प्रिन्स चन्द्र पाललाई पनि संयोजकको जिम्मेवारी दिइएको छ ।

केन्द्रीय समितिका प्रमुख पदाधिकारीहरूमा संयोजक कामरेन्द्र वर्मा (सर्लाही),बरिष्ठ उपाध्यक्ष विजेता चौधरी (धनुषा),उपाध्यक्षहरू संजीव कुमार झा (महोत्तरी), कुशुम भण्डारी (गोर्खा), विजेन्द्र कुमार चौधरी (बारा),महासचिवहरू सुस्मिता लाल, चन्द्रमोहन चौधरी (सर्लाही), शिवम मिश्र (मोरङ) रहेका छन् ।

त्यस्तै सचिवहरू मुकेश कुमार साह (पर्सा), सुरेन्द्र कुमार सिंह (महोत्तरी), प्रियंका शर्मा (धनुषा)काेषाध्यक्ष: रानी पाल (सिरहा) र अन्य सदस्यहरू देशका विभिन्न २८ जिल्लाबाट प्रतिनिधित्व गर्दै समितिमा समावेश भएका छन् ।

अध्यक्ष वर्माले निकट भविष्यमा सबै जिल्ला संयोजकहरूको प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताएका छन् । संघले पत्रकारहरूको अधिकार, पेशागत सुरक्षा, र संगठनात्मक विकासमा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।