२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

कटहरियामा जनप्रतिनिधि र कर्मचारी एकै स्वरमा—“तलबभत्ता नआएसम्म तालाबन्दी अन्त्य हुँदैन”

 

आरके श्रीवास्तव,रौतहट,१७ गते कार्तिक । 

रौतहटको कटहरिया नगरपालिकामा करार तथा ज्यालादारीका कर्मचारीहरूले सुरु गरेको तालाबन्दी सोमबार पनि जारी रह्यो । तालाबन्दीको छैठौं दिनमा पुगेको आन्दोलनमा आज नगरका वडाअध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यहरूले समेत ऐक्यबद्धता जनाउँदै आन्दोलनरत कर्मचारीहरूको पक्षमा उभिएका छन् ।

 

कर्मचारीहरूले माग गरेका बक्यौता तलबभत्ता तत्काल भुक्तानी गर्नुपर्नेमा जनप्रतिनिधिहरू पनि एकमत भएका छन् । उनीहरूको भनाइमा, तलबभत्ता नपाउँदासम्म तालाबन्दी र आन्दोलन जारी रहनेछ ।

 

सोमबारको ऐक्यबद्धता कार्यक्रममा वडा नं. १ का अध्यक्ष भूपेन्द्र महतो, वडा नं. २ का अध्यक्ष हरिन्द्र साह, वडा नं. ३ का अध्यक्ष श्यामाकान्त यादव, वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा नं. ५ का अध्यक्ष सर्फलाल गुप्ता, वडा नं. ६ का अध्यक्ष जयराम चौधरी, वडा नं. ७ का अध्यक्ष सहिद मियाँ धोबी, वडा नं. ८ का अध्यक्ष समिश बिक्रम शाह, साथै वडा सदस्य रामेश्वर राय यादव र कार्यपालिका सदस्य मनोज जयसवाल उपस्थित थिए ।

कर्मचारीहरूले बुधबारदेखि नगरपालिका मातहतका सबै ९ वटा वडा कार्यालयहरू र नगरपालिकाको केन्द्रिय कार्यालयमा तालाबन्दी गर्दै दैनिक धर्ना दिइरहेका छन् । उनीहरूले भनेका छन्, “विगतमा भएको आन्दोलनपछि दिपावली र छठअघि बाँकी तलबभत्ता भुक्तानी गर्ने लिखित आश्वासन दिइए पनि कार्यान्वयन नभएकाले हामी बाध्य भएर फेरि आन्दोलनमा उत्रिएका हौं।”

 

कर्मचारीहरूले लामो समयदेखि सेवा दिँदै आएको भए पनि पारिश्रमिक नपाउँदा उनीहरूको दैनिकी प्रभावित भएको गुनासो गरेका छन् ।

 

यसबीचमा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीलाई मन्त्रालयले फिर्ता बोलाएपछि कार्यालय प्रमुख बिहीन बनेको छ । आन्दोलनरत कर्मचारी र जनप्रतिनिधिहरूले भनेका छन्— “समस्या समाधानका लागि नयाँ प्रशासकीय अधिकृत पठाइनु आवश्यक छ।”

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि यथासिघ्र नयाँ कार्यालय प्रमुख खटाई तालाबन्दीको समस्या समाधान गर्न आग्रह गरिएको छ ।

 

यसअघि पनि कर्मचारीहरूको आन्दोलनका क्रममा कटहरिया नगरपालिकाका पूर्व नगरप्रमुख सियाराम कुशवाहाले ऐक्यबद्धता जनाएका थिए ।

 

तालाबन्दीका कारण नगरपालिकाका सेवा–सुविधा प्रभावित भएका छन् भने सेवाग्राहीहरू समस्या झेलिरहेका छन् । कर्मचारी र जनप्रतिनिधिहरूले भने भनेका छन्— “तलबभत्ता उपलब्ध नगराइएसम्म आन्दोलन जारी रहनेछ।”

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।