२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

आइतबार र सोमबार सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं,असाेज १८ गते । 

सरकारले विपदजन्य क्षति रोक्न आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै दुई दिन बिदा दिइएको जानकारी दिएको छ। विपद व्यवस्थापन तथा अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक अरू सबै बन्द रहने गृह मन्त्रालयले जनाएको छ।

‘वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भूक्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई मध्यनजरमा राखेर असोज १९ र २० गतेका दिन विपद व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि सो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।

यस अवधिमा काम नपरी बाहिर ननिस्किन अनुरोध गरेको छ। शनिबार रातिदेखि भारी वर्षा हुने पूर्वानुमान छ। सभार सेताेपाटी

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।