२०८३ भाद्र २२
२०८३ भाद्र २२

रुस-युक्रेन युद्ध रोक्न अमेरिकी प्रयास जारी, मस्कोपछि किभ पुग्यो विशेष टोली

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध जाडोयामसम्म जारी रहने सम्भावना रहेको बताएका छन् । अमेरिकी प्रतिनिधिसँग किभमा भएको वार्तापछि उनले युद्ध अन्त्यका लागि तत्काल कुनै ठोस सहमति नभएको बताएका थिए ।

अमेरिकी प्रतिनिधि स्टिभ विट्कफ र जारेड कुशनरसँगको वार्तालाई दुवै पक्षले सकारात्मक भने पनि युद्ध अन्त्य गर्ने विषयमा सफलता हासिल भएको घोषणा गरिएको छैन ।

जेलेन्स्कीले क्षेत्रीय विवाद समाधानका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता आवश्यक रहेको दोहोर्‍याएका छन् । रुसले युक्रेनका थप भूभाग कब्जा गर्ने लक्ष्य राखेको भन्दै किभले ती माग स्वीकार गर्न नसक्ने जनाएको छ । अमेरिकी प्रतिनिधिले दुवै पक्षले केही समझदारी गर्नुपर्ने बताएका छन् । अमेरिकी विशेष प्रतिनिधि विट्कफ र कुशनर किभ पुग्नु अघि मस्कोमा पुटिनसँग भेटवार्ता गरेका थिए ।एभरेष्ट न्यूज एजेन्सी,

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।