२०८३ जेष्ठ ११
२०८३ जेष्ठ ११

अमेरिकामा ट्रकको ठक्करवाट नेपाली महिलाको मृत्यु

 

काठमाडौं, २३ बैशाख ।

अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ ।

 

रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिए पछि घाइते भएकी प्रमिला सुवेदीको निधन भएको हो । उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन ।

 

रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमिलाले आफैले चलाएको कारलाइ बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करवाट घाइते ४७ वर्षीय सुवेदीको घटनास्थलमै मृत्यु हुनु पुगेको जनाइएकाे छ ।

 

दुई दशकदेखि सुवेदी दम्पति अमेरिकाको टेक्सासमा बस्दै आएका थिए। उनीहरुको सन्तानको रुपमा दुई छोराहरु रहेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।