काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केहीबेरमा शुरु हुदैछ । बैठकमा सहभागी हुने एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको भनीमण्डलस्थित रामबाग महल पुगेका छन् ।
यसअघि आजै बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको ऐजेन्डा तय गरेको छ ।
च्यासलमा बसेको बैठकले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तथा केन्द्रीय सदस्य मनोनयन गर्ने एजेन्डा रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।
भट्टले आजको सचिवालय बैठकमा पुनर्गठन कार्यदलको प्रतिवेदनमा छलफल नभएको बताए । सो प्रतिवेदन केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने नहुने बारेपनि भट्टले स्पष्ट जानकारी दिएनन् । आजबाट ललितपुरको रामबाग महलमा सुरु हुने केन्द्रीय कमिटी बैठक बुधबारसम्म चल्ने छ । एभरेष्ट न्यूज एजेन्सी,







