काठमाडौं, ९ फागुन ।
नेप्से परिसूचक ७.८३ अंकले घटेको छ । बुधबार ७.८३ अंकले घटेको सेयर बजार २०२५.२२ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँको कारोबार भएको छ ।
यसदिन ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर छ । न्युज कारखाना
काठमाडौँ, ९ फागुन ।
नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १६९ रनको लक्ष्य पछाएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुदै १६८ रन बनाएको थियो ।
नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६, भिम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शुन्यमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२ रन बनाए ।
त्यसैगरी नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले ४-४ विकेट लिएका थिए ।
यो जितपछि लिग-२ मा नामिबियाको ३ खेलमा ४ अंक भएको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।
अब लिग-२ को यस सिरिजको अर्को खेल आगामी शुक्रबार नामिबियाले नेदरल्याण्डसको सामना गर्ने छ ।
लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।
आईसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् । न्युज कारखाना
काठमाडौं, ९ फागुन ।
विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका लघुवित्तपीडितरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् ।
देशका विभिन्न जिल्लाबाट हिँडेर काठमाडौं आइपुगेका उनीहरुले गभर्नर अधिकारीको राजीनामा मागेका हुन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र बालुवाटार पुगेका उनीहरुले गभर्नरको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् ।
साथै उनीहरुले लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुवा गर्नुपर्ने, वित्तीय अपराध बन्द गर्नुपर्ने, सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने, आमगरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् । न्युज कारखाना
रौतहट, ९ फागुन ।
रौतहटको ईशनाथ नगरपालिकामा गत शनिबारबाट जारी गरिएको कर्फ्यू आदेश बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी हटाइएको छ ।
ईशनाथ नगरपालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम राख्न भन्दै गत शनिबार बेलुका ५ बजेबाट ईशनाथ नगरपालिकाअन्तर्गत वडा नं. २, ३, ४, ५, ६ र ७ मा कर्फ्यू आदेश जारी गरिएको थियो ।
तर, हाल स्थिति सामान्य भइसकेकोले बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी कर्फ्यू पूर्णरुपले हटाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सार्वजनिक सूचना निकालेर जानकारी दिएका छन् ।
कर्फ्यू आदेश हटाइएको सार्वजनिक सूचना
यस जिल्लाको ईशनाथ न.पा.–७ स्थित घिउरा गाँउमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिई शान्ती सुरक्षा कायम गर्न २०८०।११।०५ गते बेलुका ५ः०० बजे देखी अर्को आदेश नभए सम्मको लागि ईशनाथ नगरपालिका अन्तरगत वडा नं. २, ३, ४, ५, ६ र ७ मा तोकिएको चार किल्ला सहितको स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को क (१) बमोजिम कर्फ्यू आदेश जारी गरिएकोमा हाल स्थिति सामान्य भईसकेकोले क्षेत्र सिमा विस्तार सहितको मिति २०८०।११।०६ मा जारी कर्फ्यू आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) को ५ बमोजिम मिति २०८०।११।०९ गते बेलुका ५ः०० बजे देखी लागु हुने गरी पूर्णरुपले हटाइएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
हिरालाल रेग्मी
प्रमुख जिल्ला अधिकारी
न्युज कारखाना
काठमाडौं, ९ फागुन।
नेपाली कांग्रेसको महासमितिको बैठकका लागि नेपाली जनसम्पर्क समिति वेलायतले ६ जना महासमिति सदस्य चयन गरेको छ ।
नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनबाट चयन भएका १४ महाधिवेशन प्रधिनिधिमध्येबाट सभापतिसहित ६ जना महासमिति सदस्यमा चयन भएका हुन् । जनसम्पर्क समितिका सभापति युवराज गुरुङका अनुसार २६ जनवरीमा बसेको महासमितिको बैठकले गुरुङसहित बिनोद मोक्तान, इन्द्रहाङ लिङदेन, कोपिला सुब्बा, कुमारी गुरुङ र केश वहादुर गुरुङ महासमिति सदस्यमा चयन गरेको हो ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिलाई सम्बोधन गर्दै सभापति गुरुङले नेपाली जनसम्पर्क समिति वेलायतको पाचौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्दै समितिको बिधानत महासमिति सदस्य चयन गरेको जानकारी गराएका छन् ।
काठमाडौं, ९ फागुन ।
काठमाडौंको स्वयम्भूमा आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।
हत्या भएको ठाउँदेखि करिब दुई किलोमिटर टाढा जंगलमा श्रीमान् झुन्डिएको अवस्थामा मृत फेला परेको वृत्त प्रमुख डिएसपी पूर्णिमा चन्दले बताइन्।
ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठको हत्या भएको थियो। हत्यापछि काजी विश्वकर्मा भनिने राजु घिमिरेले आत्महत्या गरेको चन्दले बताइन्।
‘हत्यापछि श्रीमान् हरिसिद्धीस्थित जंगलमा झुन्डिएको अवस्थामा फेला परेका छन्,’ उनले भनिन्।
घिमिरे घर बनाउने काम गर्थे। हत्यापछि उनले ससुरालाई फोन गरेर आत्महत्या गर्न लागेको बताएका थिए।
हत्याको कारण खुलिसकेको छैन। प्रहरीले शवको मुचुल्का उठाइरहेको छ।न्युज कारखाना
रौतहट, ९ फगुन ।
खुला सीमाका कारण भारतीय कुखुरा निर्वाध रूपमा रौतहटको विभिन्न नाका हुँदै छिरेपछि नेपाली कुखुरा उत्पादक किसान मारमा परेका छन् । सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा भारतीय तस्करहरूले नेपालमा भारतीय कुखुरा भित्र्याउन थालेपछि त्यसको असर नेपाली किसानमा पर्न थालेको छ ।
सीमामा तैनाथ रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेलाबेलामा भारतीय कुखुरा बरामद गरेर नष्ट गर्ने गरेको भएपनि भारतबाट आउने कुखुराका कारण नेपाली किसान संकटमा परेको उनीहरुले गुनासो गरेका छन् ।
भारतबाट लुकाई छिपाई नेपाल भित्र्याउन लागेको ६० वटा बोइलर कुखुरा सोमबार नेपाल प्रहरीले बरामद गरेर नष्ट गरेको छ । साइकलमा भारतबाट लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कोपुवा पिपरिया प्रहरी चौकीले ६० वटा कुखुरा बरामद गरेको हो । कुखुरासँगै कुखुरा ल्याउन प्रयोग गरिएको चारवटा साइकल समेत प्रहरीले बरामद गरेको छ । ३८ हजार ४ सय मूल्य बराबरको कुखुरा प्रहरीले नष्ट गरेको हो ।
खुला सीमाका कारण भारतीय बोइलर कुखुरा सहजै नेपाली बजारमा छिर्न थालेपछि नेपाली किसानहरु देशको प्रत्यक्ष मारमा परेको कुखुरा व्यवसायी रामविनोद पाण्डेको भनाइ रहेको छ । बेलाबेलामा सीमावर्ती क्षेत्रबाट नेपालभित्रने भारतीय ब्राेइलर कुखुरा नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेर नष्ट गर्ने गरेको भए पनि नेपालभित्रने क्रम रोकिन नसकिएको पाण्डेको भनाइ रहेको छ ।
रौतहटका कुखुरा व्यवसायीहरूले सीमा मात्रै सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमै भारतीय बोइलर कुखुरा सहजै नेपाली बजारमा आउने गरेको आरोप लगाउँदै आएका छन् । नेपालमा उत्पादन भएका ब्राेइलर कुखुराको तुलनामा भारतबाट आउने ब्राेइलर कुखुरा सस्तो पर्ने भएका कारण नेपाली बजारमा भारतीय कुखुरा बढी बिक्री हुने हुँदा नेपाली कुखुरा उत्पादक किसान मारमा परेको उनीहरूको गुनासो छ ।
भारतीय ब्राेइलर कुखुराको चल्ला र मासु प्रयोजनका लागि ठूलै ब्राेइलर कुखुरा नेपाल भित्रिन थालेपछि रौतहटका कुखुरा उत्पादक किसानहरू समस्यामा परेको भन्दै उनीहरूले भारतीय कुखुरा आयातमा रोक लगाउन सुरक्षा निकायसँग माग गरेका छन् ।न्युज कारखाना
काठमाडौँ, ९ फागुन ।
नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुदै १६८ रन बनाएको हो ।
नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६, भिम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर आउट भएका थिए ।
त्यस्तै कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शुन्यमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२ रन बनाए ।
त्यसैगरी नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले ४-४ विकेट लिएका थिए ।न्युज कारखाना
ललितपुर, ९ फागुन ।
नेपाली काँग्रेसको जारी महासमिति बैठकमा आज तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
समूहगत छलफलमा सहभागीहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहेका छन । आफ्ना सुझाव तथा धारणा राख्न एक सहभागीलाई पाँच मिनेटको समय तोकिएको छ ।
सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदुरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल भैरहेको छ ।
कांग्रेसको महासमिति बैठक फागुन १० गते विहिबारसम्म सञ्चालन हुनेछ ।
समूहगत छलफलमा आज सबै सहभागीहरुले धारणा राख्नुहुने व्यवस्था मिलाइएको प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माले जानकारी दिए ।
‘हामीले महासमिति बैठकमा सहभागी सबै सदस्यहरुको धारणा लिन आवश्यक समयको व्यवस्थापन गरेका छौं, सबै सदस्यहरुले आफ्ना धारणा तथा सुझावहरु राख्न पाउने छन,’ उनले भने । न्युज कारखाना