काठमाडौँ । भारतको जियो प्लेटफर्म्स लिमिटेडले आज (अक्टोबर २१) देखि हालसम्मकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुलाउँदै छ ।
यसमार्फत कम्पनीले ३० हजार १८८ करोड भारतीय रुपैयाँ जुटाउने लक्ष्य राखेको छ। निष्कासनमा अक्टोबर २३ सम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १ हजार ६५ देखि १ हजार ११९ भारतीय रुपैयाँ मूल्य तोकेको छ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम १२ कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम मूल्यका आधारमा न्यूनतम १३ हजार ४२८ भारतीय रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ ।
ग्रे मार्केटमा देखिएको मूल्यका आधारमा कम्पनीको सेयर सूचीकृत हुँदा करिब २२ प्रतिशतसम्म प्रतिफल प्राप्त हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, ग्रे मार्केटको मूल्य अनौपचारिक हुने भएकाले वास्तविक सूचीकृत मूल्य फरक पर्न सक्छ र प्रतिफल सुनिश्चित हुँदैन ।
कम्पनीले कर्मचारीका लागि ५०० करोड भारतीय रुपैयाँसम्म र रिलायन्स इन्डस्ट्रिजका योग्य सेयरधनीका लागि २ हजार ५०० करोड रुपैयाँसम्मका सेयर छुट्याएको छ। कर्मचारीले प्रतिकित्ता ५४ भारतीय रुपैयाँ छुटसमेत पाउनेछन् ।
कुल निष्कासनमध्ये ५० प्रतिशत योग्य संस्थागत लगानीकर्ता, १५ प्रतिशत गैरसंस्थागत लगानीकर्ता र ३५ प्रतिशत सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।
आईपीओबाट प्राप्त रकम रिलायन्स जियो इन्फोकम लिमिटेडको ऋण भुक्तानी तथा सामान्य व्यावसायिक प्रयोजनमा प्रयोग गरिने कम्पनीले जनाएको छ। निष्कासनपछि प्रवर्द्धक समूहको सेयर स्वामित्व ६६.४३ प्रतिशतबाट घटेर ६४.४८ प्रतिशतमा झर्नेछ ।
यसअघि सन् २०२४ मा हुन्डाई मोटर इन्डियाले २७ हजार ८५८ करोड भारतीय रुपैयाँको आईपीओ ल्याएको थियो। जियोको निष्कासन त्यसलाई उछिन्दै भारतकै सबैभन्दा ठूलो हुने दाबी गरिएको छ।
जियो प्लेटफर्म्स भारतको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी हो। सन् २०२६ जुन ३० सम्म कम्पनीका कुल ग्राहक ५३ करोड ३० लाख पुगेका थिए। तीमध्ये २८ करोड ४९ लाख ग्राहक पाँचौँ पुस्ताको दूरसञ्चार सेवा प्रयोग गर्ने रहेका छन् ।
कम्पनीले आईपीओ खुल्नुअघि २१२ संस्थागत लगानीकर्ताबाट ८ हजार ११० करोड भारतीय रुपैयाँ जुटाएको जनाएको छ। भारतीय धितोपत्र तथा विनिमय बोर्डबाट अगस्टमा आवश्यक स्वीकृति पाएपछि कम्पनीले अक्टोबर १४ मा निष्कासनसम्बन्धी विवरणपत्र दर्ता गरेको थियो । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४८ कम्पनिका एक करोड ३३ लाख ७६ हजार ४८९ कित्ता शेयर ४ अर्ब ८८ करोड ८९ हजार १०८ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, निर्जीव वीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी चिर्ख्वा हाइड्रोको शेयर १४.८२ प्रतिशतले बढेको छ भने बेनी हाइड्रोको शेयर १२.४६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एसबीएल डिभेन्चरको शेयर ५.८४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २० करोड ४९ लाख बराबरको कारोबार भएको छ भने एनआइएमबी बैंकको १८ करोड २९ लाख बराबरको कारोबार भएको छ । एभरेष्ट न्यूज एजेन्सी,
धनुषा । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र ९ ) का २३३ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन् । नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।
उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो । तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले २३३ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।
जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ । स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा वितरण भएपछि स्थानीय बासिन्दाले कानुनी तथा आर्थिक लाभ प्राप्त गर्न सक्नेछन् ।
लालपुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुनेछ । त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुनेछ ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । संखुवासभाको उत्तरी तथा दुर्गम क्षेत्र भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार भएसँगै स्थानीय बासिन्दाले थप भरपर्दो विद्युत् सेवा पाउने भएका छन् । यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको हो ।
राष्ट्रिय प्रसारण लाइन विस्तारपछि भोटखोला गाउँपालिकाको कार्यालय र हटियास्थित अस्पतालमा थ्री फेज मिटर जडान गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याइएको छ । यसबाट स्थानीय बासिन्दासँगै सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानी–पिसानी मिल तथा घरेलु उद्योग प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाको किमाथांकासम्म पनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्रक्रिया अघि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणले उक्त क्षेत्रमा विद्युत् पुर्याउन आवश्यक ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ । चालु आर्थिक वर्षभित्रै किमाथांकामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति पु¥याउने लक्ष्य राखिएको छ ।
संखुवासभामा विद्युत् पहुँच विस्तारलाई प्राथमिकतामा राखेर प्राधिकरणले दुर्गम बस्तीहरूमा राष्ट्रिय प्रसारण प्रणाली विस्तारको काम निरन्तर अघि बढाइरहेको छ । जिल्लाका करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन्। बाँकी घरधुरीमा भने लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् सेवा उपलब्ध हुँदै आएको छ ।
हटियामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि भोटखोलाका दुर्गम बस्तीलाई राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने अभियानले थप गति लिने अपेक्षा गरिएको छ । अब किमाथांकासम्म प्रसारण लाइन विस्तार गर्ने लक्ष्य पूरा भएमा चीनसँग सीमा जोडिएको यस दुर्गम क्षेत्रको विद्युत् पहुँच विस्तारमा अर्को महत्वपूर्ण उपलब्धि हासिल हुनेछ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ ।
विश्व बैंकका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले अध्यक्ष बाङ्गासँग नेपालको पुनर्निर्माण, आर्थिक सुधार तथा सामाजिक संरक्षणका विषयमा छलफल गरेका हुन् ।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि आवश्यक सहयोगबारे छलफल गरेका थिए । त्यसैगरी, बृहत् आर्थिक सुधार, बीमा तथा सामाजिक संरक्षणका क्षेत्रमा समेत गरी करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनका विषयमा घनीभूत छलफल भएको थियो ।
भेटमा विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि अघि बढाएका कदमको प्रशंसा गर्दै पूर्वाधारमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । साथै, स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न आवश्यक रहेको बताएका थिए ।
अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक तथा अन्तर्राष्ट्रिय वित्त निगमलगायत विकास साझेदारसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिएका थिए । नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो ।
भेटवार्तामा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदसहित विश्व बैंकका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो एभरेष्ट न्यूज एजेन्सी,
रौतहट,असोज,१६ गते
काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको बम्पर उपहार पर्साका लालबाबु साह कानुलाई परेको छ । उनलाई १० लाख रुपैयाँको बम्पर पुरस्कार परेको हो ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्य गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको उपहार घोषणा गरेका हुन् ।
साह कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा गरेको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो । पुरस्कारबारे जानकारी दिन आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उनलाई तत्काल फोन गरेर बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका थिए ।
आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद खरिदमा बिल लिएका ३ करोड १८ लाख १८ हजार २८६ कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए । त्यसमध्ये नगद कारोबारबाट बिल लिएका २ लाख ४७ हजार ९७९ र अनलाइन तथा कार्डबाट भुक्तानी गरी खरिद गरिएका ३ करोड १५ लाख ७० हजार ३०७ कारोबार थिए ।
कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म दैनिक एक लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेता पनि छनोट गरिएको विभागले जनाएको छ । ती विजेताको कुपनसम्बन्धी विवरण सार्वजनिक गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५३ कम्पनिका एक करोड २० लाख ६५ हजार ५५५ कित्ता शेयर ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार ३२५ मा कारोबार भएको थियो । आज बैंकिङ, विकास बैंक, फाइनान्स र हाइड्रो बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर १०.११ प्रतिशतले बढेको छ भने कर्पोरेट विकास बैंकको शेयर ९.३५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सयपत्री हाइड्रोको शेयर ९.६६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको ३० करोड ५३ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको २२ करोड ८१ लाख बराबरको कारोबार भएको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से ४.८२ अंकले घटेर २८९८.८९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५२ कम्पनिका एक करोड २६ लाख ५५ हजार ३७४ कित्ता शेयर ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ मा कारोबार भएको थियो । आज हाइड्रो, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर १४.३७ प्रतिशतले बढेको छ भने सयपत्री हाइड्रोको शेयर ८.४१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सानिमा ग्रोथ फण्डको शेयर ३.७८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३९ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको २२ करोड ८३ लाख बराबरको कारोबार भएको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० दिनका लागि २० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।
बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी कार्तिक १३ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।
बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।
यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ ।
समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५ साना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।एभरेष्ट न्यूज एजेन्सी,