<

 

काठमाडाैं, २३ साउन ।

मकवानपुर, बाँके र कास्कीबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । मकवानपुरकाे मनहरी गाउँपालिका-७ पेन्चेबाट अवैध लागूऔषध गाँजा १० किलो ९ सय ग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-८ बस्ने ३० वर्षीय तुल बहादुर रुम्बा र उनकै श्रीमती निर कुमारी मोक्तान रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१६ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २२ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय प्रमोद गिरी र ४३ वर्षीय कलामुदिन शेख रहेका छन् ।

 

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.४ प २१४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई चालकले हेलमेटभित्र लुकाई ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

कास्कीकाे  पोखरा महानगरपालिका-१० औद्योगिक क्षेत्रबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५ मिलिग्राम र भारतीय रूपैयाँ २८ हजारसहित सोही महानगरपालिका-११ फुलबारी बस्ने अर्घाखाँची भएका ३० वर्षीय बलेन्द्र भन्ने मनोज आलेलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र नगदसहित पक्राउ गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0