<

 

सुर्खेत, २३ साउन ।

वीरेन्द्रनगर नगरपालिका-१३ करेखोला बस्ने ४२ वर्षीय केशव घर्तीलाई एकनाले भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

 

विशेष सूचनाको आधारमा प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही नगरपालिका-१३ सिडेनि बस्ने ४८ वर्षीय जंग बहादुर राईको घरबाट  लुकाई छिपाई राखेको भरूवा बन्दुक १ थान फेला पारी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0