<

काठमाडौं, २२ साउन ।

ललिता निवास प्रकरणमा मुछिएका तीन पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पक्राउ अनुमति दिएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री एवं नेपाली कांग्रेस नेता विजयकुमार गच्छदारसहित  दुई पूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाइ पक्राउ गर्नका लागि आइतबार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

 

सर्वोच्च अदालतले सो प्रकरणमा मुछिएका पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराइ माथी अनुसन्धान गर्न बाटो खोलेको दिनमा नै पुर्ब मन्त्रीत्रयलाइ पक्राउ गर्न अनुमति दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0