<

चञ्चल झा,गौर, बैशाख ५ गते
रौतहट जिल्लामा संचालनमा रहेको आरम्भ परियोजना अन्र्तगत ३ दिने कार्यशाला मंगलवार देखि गौरमा सुरु भएको छ ।
गौरमा रहेको सिया पैलैसको सभा हलमा सकारात्मक सामाजिक मान्यताहरू विकास र प्रवद्र्धन गर्न धार्मिक,सामाजिक आगुवाहरू र परिवर्तन सम्बाहकहरूसँग ३ दिनको कार्यशाला आज देखि सुरु भइ बिहिवार सम्म चल्नेछ ।
कार्यक्रममा आरम्भ परियोजनाको बारेमा जानकारी गराइएको थियो साथै आरम्भ परियोजनाले नगरपालिका स्तर संचालन गरेको क्रियाकलाकहरुको बारेमा जानकारी गराइएको थियो ।
शिक्षा,स्वास्थ्य,जिविकोपार्जन,बालविवाह लगायतको क्षेत्रमा काम गर्दै आएका गैर सरकारी संस्था आसमान नेपालले आरम्भ परियोजना अन्तरगत शिक्षाबाट बञ्चित रहेका १० देखि १९ बर्षको विवाहित तथा अविवाहित किशोरीहरुलाइ शिक्षामा पहुँच पु¥याउने तथा शिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउदै आएको परियोजनाका शिक्षा अधिकृत अरविन्द कुमार साहले बताउनु भयो ।


पहिलो बर्षमा आरम्भ परियोजना रौतहटको दुर्गा भगवती र यमुनामाइ गाउँपालिकामा कार्यक्रम संचालन गरेको थियो । दोस्रो बर्षमा कटहरिया र मौलापुर नगरपालिकामा संचालन भएको कार्यक्रम तेस्रो बर्षमा राजपुर र माधवनारायण नगरपालिकामा संचालन भएको थियो । भने चौथौ बर्षमा गरुडा,गढीमाइ,परोहा र बौद्धीमाइ नगरपालिकामा संचालनमा रहेको छ ।
एफसिडिओको आर्थिक सहयोग पिपुल इन निड,समाजिका संस्था जिल्ला समन्वय समिती, आसमान नेपाल तथा सम्बन्धित पालिकाको सहकार्यमा रौतहटमा संचालन रहेको आरमभ परियोजना ४ प्रतिफलमा कार्यक्रम गर्दै आएको परियोजना संरक्षण अधिकृत सपना सेन्चुरीले बताउनु भयो ।
प्रतिफल १ विद्यालय छोडेका किशोरीहरुको साक्षरता र गणित कक्षाको सुधारात्मक हाजिरी।
प्रतिफल २ विद्यालय छोडेका किशोरीहरुको संज्ञात्मक तथा असंज्ञात्मक सीपहरु विकास गर्ने एवमं भविष्यका लागि योजना बनाउने।


प्रतिफल ३ विद्यार्थीका लागि विद्यालयमा सिक्नका लागि अनुकूल वातावरण सिर्जना गर्ने र विवाहित, विद्यालय छोडेका किशोरीहरुका लागि भावी योजना बनाउनका लागि सहयोग गर्ने,
प्रतिफल ४ उमेर पुगी मात्रै विवाह गर्न, समुदाय र सम्बन्धित निकायलाई सकरात्मक समाजिक मान्यताका लागि प्रोत्साहन गर्ने र विवाहित, विद्यालय छोडेका किशोरीहरुको भावी योजनाका निम्ति बोध गराउने।
कार्यक्रमको प्रस्तुतिको क्रममा १४१८ किशोरी माध्ये १०७१ जना किशोरीहरु बिधालय भर्ना गर्ने लक्ष्य लिएको साथै बिधालय भर्ना हुन नसकेको किशोरीहरुलाई बिभिन्न किसिमको व्यवसायिक तालिम दिने शिक्षा अधिकृत साहले बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0