<

आरएन पटेल,वैशाख ०५ गते
ईप्रका कोपवाको प्रहरी गस्ती टोलीद्वारा अवैध कुखुरा नष्ट गरिएको छ । रौतहटको बौधिमाई नगरपालिका वडा नं. ५ अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय कोपवा पिपरियाको प्रहरी वरिष्ट नायब निरिक्षक प्रमानन्द प्रसाद यादवको नेतृत्वमा गएको प्रहरी गस्ती टोलीद्वारा नगरपालिकाको कोपवा नजदीकमा भारतबाट ल्याउँदै गरेको अवैध कुखुरा पक्राउ गरि नष्ट गरिएको हो ।
मंगलबार दिउँसो करिब ११ बजेको समयमा प्रहरीको टोली गस्ती गर्दै जाँदा कोपवा स्थित अवैध कुखुरा साईकलमा राखी भारतबाट नेपाल तर्फ ल्याउने क्रममा गस्ती टोलीलाई देखेर तस्करले साईकल र कुखुरा छाडी फरार भएका थिए । प्रहरीले तस्करलाई समात्न खोज्दा निज व्यक्ति फरार भई साईकल (१ थान र कुखुरा १६ पिस फेला पारी कार्यालयमा ल्याई स्थानिय भद्रभलादमी, समाजसेवी, जनप्रतिनिधि र पत्रकार लगायत बौधीमाई न।पा।(५ का स्थानीय उदय चन्द्र यादव, राकेश साह सोनार, नागेन्द्र ठाकुर हजाम, रामअयोध्या यादव, मेधन दास, वडा नं। ६ को वडा सदस्य अरविन्द कुमार साह समेतको रोहबरमा खाल्डो खनी सबै कुखुरा नष्ट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0